न्यूनतम् बेतनवृद्धि र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

२५ असार ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमजीवी मजदुरको न्यूनतम् बेतनवृद्धि र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय पदाधिकारीसँगको छलफलमा यस्तो बताएका हुन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) फ्याक्सन इन्चार्ज जयपुरी घर्तीको नेतृत्वमा अध्यक्ष जगत सिम्खडासहितको पदाधिकारीले प्रधानमन्त्रीसँग विशेष छलफल गर्दै श्रमजीवी मजदुरको न्यूनतम् बेतनवृद्धि, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन साथै श्रम ऐनको मजदुर विरोधी दफाको खारेजी लगायत बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डसँगको उक्त छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, अन्टुफ फ्र्याक्सन इन्चार्ज जयपुरी घर्ती, अध्यक्ष जगत सिम्खडा, बरिष्ठ उपाध्यक्ष धनबहादुर विक, उपाध्यक्ष एसबी थापामगर, प्रकाश श्रेष्ठ, सोम तामाङ, विष्णुकुमारी थापा, सुशीला पुन, राजकुमार तामाङ, महासचिव शालिकराम काफ्ले, उपमहासचिव माधव पाण्डे, शीव पोखरेल, रामचन्द्र कार्की, युवराज लुइँटु्ेल, सचिव लक्ष्मी ढकाल, निरज गोले, संगिता बानियाँ, कोषाध्यक्ष धनु दाहालको उपस्थिति रहेको थियो ।

श्रमिकको न्युनतम पारिश्रमिक बृद्धिका लागि सरकार, रोजगारदाता र श्रमिकको प्रतिनिधिबीच पटकपटक भएको छलफलमा रोजगारदाताहरु महंगीको आधारमा न्युनतम बेतनबृद्धि गर्न अनिच्छुक देखिएपछि अन्टुफले प्रधानमन्त्रीसँग विशेष छलफल गरेर मजदुरको न्यूनतम पारिश्रमिक ३५ हजार बनाउन आग्रह गरेको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*