चीनको औपचारिक भ्रमणको क्रममा ल्हासा भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डसँग चीनको स्वशाशित क्षेत्र तिब्बतका सिपिसी कमिटीका पार्टी सचिव वाङ छुङछेङ (Wang Xiang)ले भेटवार्ता गर्नुभयो ।
भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव वाङ छुङछेङलाई चीन सरकारले नेपाल चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएको र छुङछेङको नेतृत्वमा भएका अर्थपूर्ण कृयाकलापबाट नेपाल चीन सम्बन्धलाई थप उचाइमा पुर्याोउन महत्वपूर्ण योगदान पुगेकोमा सचिव छुङछेङको प्रशंसा गर्नुभयो । उहाँले नेपाल र चीनबीचका दुइपक्षी हितका लागि हरेक क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको पनि बताउनुभयो ।
भेटवार्तामा सचिव छुङछेङले प्रधानमन्त्री प्रचण्डको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुसी भएको बताउँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पुर्याीउन सकृय रहने बताउनुभयो ।
भेटवार्तामा प्रधानमन्त्रीको भ्रमण दलमा रहनुभएका सदस्यहरु सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्रीको सम्मानमा सचिव छुङछेङले रात्री भोजको आयोजना गर्नुभएको छ ।
तिब्बतलाई चीनीँयाहरुले आफ्नो भाषामा सिज्याङ (Xizang) भन्ने गरेका छन ।
प्रधानमन्त्री प्रचण्डले भोलि कैलाश पर्वत ( Mount Kailash) र मानसरोबर तालको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।
Be the first to comment