बुर्लाकोटीद्वारा उम्मेदवारी फिर्ता, जगत सिंखडालाई सघाउने प्रतिबद्धता

धादिङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेद्वारी दिएकी धादिङकी कांग्रेस नेतृ देवी पाण्डे(बुर्लाकोटी) ले आफ्नो उम्मेद्वारी निष्क्रिय पारेको घोषणा गर्नुभएको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै बुर्लाकोटीले नेपाली कांग्रेस पार्टीको उम्मेद्वारी चयन प्रकृयामा अन्याय भएको महसुस गर्दै स्वतन्त्र उम्मेद्वारी दिएता पनि गठबन्धनको मर्म बुझ्दै पार्टीप्रतिको आस्थालाई मजबुत बनाउने संकल्पका साथ उम्मेद्वारी फिर्ता लिएको विज्ञप्तीमार्फत जानकारी गराउनुभएको छ ।

विज्ञप्तीमा आफू थप क्रियाशीलका साथ पार्टी र गठबन्धनका उम्मेद्वार विजयी गराउन लाग्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । धादिङ क्षेत्र नम्बर २ (ख) बाट गठबन्धनका साझा उम्मेद्वारका रुपमा नेकपा(माओवादी केन्द्र)का नेता जगत सिंखडा हुनुहुन्छ ।

सिंखडाले बुर्लाकोटीको उम्मेद्वारी फिर्ता स्वागतयोग्य भएको र धादिङमा बाम लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको समेत जिकिर गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*