
मजदुर पक्षीय सवारी तथा यातायात ऐन निर्माण ,सामाजिक सुरक्षा कार्यान्वयन र मर्यादित श्रमको लागि रास्ट्रीय अभियान”
मुल नाराको साथ अखिल नेपाल यातायात मजदुर सङ्घले संगठन सुदृढीकरण अभियान अन्तर्गत मधेस प्रदेश समितिको बैठक सम्पन्न गरेको छ। मधेस प्रदेश समितिको अध्यक्ष रङ्गनाथ तिमल्सिनाको अध्यक्षतामा सम्पन्न बैठकको प्रमुख अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत बहादुर सिंखडा हुनुहुन्थ्यो ।
उक्त बैठकमा विशेष अतिथिको रुपमा अखिल नेपाल ट्रेड युनियन महासङ्घका महासचिव शालिकराम काफ्ले, उपमहासचिव माधव पाण्डे, रामचन्द्र कार्की, सचिव अर्जुन चिमोरिया अखिल नेपाल यातात मजदुर सङ्घका अध्यक्ष दीपक के.सी वरिष्ठ उपाध्यक्ष सुन्दर कुमार के.सी औद्योगिक मजदुर सङ्घका केन्द्रीय अध्यक्ष बेनी तिमल्सिना मधेश प्रदेश अध्यक्ष केदार देव केन्द्रिय सदस्य रमेश गुरुङ्ग लगायत नेताहरूको उपस्थिति थियो।
पर्सा जिल्लाको वीरगञ्जमा सम्पन्न बैठकले रङ्गनाथ तिमल्सिनाको अध्यक्षतामा २१ सदस्य कमिटी पुनर्गठन छ भने वरिष्ठ उपाध्यक्षमा खड्गराज तामाङ शशी उपाध्यक्षमा गौतम खड्का भारतीय प्रसाद यादव पिन्टु शाह सचिव सन्तोष घिमिरे सहसचिव जितेन्द्र यादव कोषाध्यक्ष सुनिता थापा कार्की र सदस्यहरूमा आकाश गुरुङ हरिप्रसाद सापकोटा मोहन दास विजेन्द्र प्रसाद देव मजोदीन मनसुरी त्यसैगरी रिमकुमार दुलाल केशव अर्याल रामपुर किशोर ठाकुर संजयकुमार राम बलदेव पटेल जावेद अन्सारी द्वारिका महततो हुनुहुन्छ भने सल्लाहकार समितिमा कुमार लामा सानु पोखरेल हुनुहुन्छ।
बैठकले आठै जिल्लामा बैठक भेला प्रशिक्षण गर्ने र पालिका स्तरहरुमाका कमिटी गठन पुनर्गठन गर्ने भेला प्रशिक्षण गर्ने र दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालना, लगायत भारतीय सवारीहरूको ज्यादतीलाई अन्त्य गर्न तिनै तहमा मागपत्र पेश गर्ने अन्तरक्रिया गर्ने र मजदुरको हितमा आन्दोलन गर्ने निर्णय गरेको छ। बैठकमा सम्बोधन गर्दै अखिल नेपाल ट्रेड महासङ्ख्या अध्यक्ष जगतबहादुर सिंहखडाले मजदुरको हक हित र अधिकारको निमित्त जस्तोसुकै चुनौती सामना गर्न पनि तयार रहेको उल्लेख गर्नुभयो।
बदलिँदो परिवेश अनुसार यातायात श्रमिकहरूको माथि भइरहेको अन्याय भारतीय सवारीहरूको ज्यादती राज्यपक्षद्वारा मजदुरमाथि गरिएको विभेदलाई अन्त्य गर्नको निमित्त कडा संघर्ष गर्न निर्देशन गर्नुभयो।
अखिल नेपाल ट्रेडमा महासंघका महासचिव शालिकराम काफ्लेले संगठनको महत्व र मजदुरहरुको जिम्मेवारी सम्बन्धी प्रशिक्षण दिनुभयो भने अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक के.सीले यातायात मजदुरको सम्मान,सामाजिक सुरक्षा कार्यान्वयन, मजदुर पक्षिय ऐन निर्माण र यातायात मजदुर माथि भइरहेका विभेदहरुलाई अन्त्य गर्न देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गर्नुभयो।
सोही क्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका उपमहासचिव रामचन्द्र कार्कीले सामाजिक सुरक्षाको महत्व सामाजिक सुरक्षाको कार्यान्वयनमा देखिएका जटिलता र सामाजिक सुरक्षाको अनिवार्यता सम्बन्धि प्रशिक्षित गरि बैठक सम्पन्न भयो।
-दीपक के.सी
Be the first to comment