ब्युटीसियन श्रमिक संघको धादिङ जिल्ला सम्मेलन सम्पन्न

अखिल नेपाल ब्युटीसियन श्रमिक संघको धादिङ जिल्ला सम्मेलन सम्पन्न अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल ब्युटीसियन श्रमिक संघको धादिङ जिल्ला सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनले रिता थापाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित गरेको छ। कार्यक्रमको उद्घाटन रिता थापाको अध्यक्षतामा भएको थियो भने, प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य राम ब. भण्डारी रहनुभएको थियो। विशेष अतिथिका रूपमा संगठनकी केन्द्रीय अध्यक्ष साबित्रा आचार्य उपस्थित हुनुहुन्थ्यो।

साथै, सम्मेलनमा पार्टी नेताहरू, विद्यार्थी नेताहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस सम्मेलनले ब्युटीसियन श्रमिकहरूको हकहित, अधिकार र पेशागत सुरक्षाका विषयमा प्रभावकारी पहल गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*