६ बैशाख ०८१, कास्की ।
अखिल नेपाल निर्माण मजदुर संघ ‘अंकु’ गण्डकी प्रदेश समितिद्वारा प्रकाशित क्यालेन्डर बिहीबार विमाेचन भएको छ ।
नयाँ वर्ष २०८१ काे अवसरमा संघले मजदुर सहिद स्मृति भवन पाेखरामा आयाेजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गण्डकी प्रदेश सरकारका माननीय मन्त्री हरिबहादुर चुमान ‘अजित’ले क्यालेन्डर बिमाेचन गर्नुभएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री चुमानले नयाँ वर्ष २०८१ को शुभकामना दिनुहुँदै अनाैपचारिक क्षेत्रमा क्रियाशील तथा स्वराेजगारमा रहेका निर्माण श्रमिकहरूलाई अखिल नेपाल निर्माण मजदुर संघले संगठित गर्दै याेगदानमा आधारित सामाजिक सुरक्षा काेषमा सुचिकृत गर्नुपर्नेमा जाेड दिनुभयो ।
यस्तै मजदुरका हकहित, अधिकार कानुनत: लिपिबद्ध भएपनि संगठन कमजोर हुँदा जटिलता पैदा हुन गई मर्यादित राेजगारी, न्युनतम पारिश्रमिक कार्यान्वयन हुन नसकेकाे बताउनु भयो ।
मन्त्री चुमानले आफू श्रमजीवी वर्गको पक्षमा रहेको बताउनु हुँदै गण्डकी प्रदेश सरकार नयाँ राेजगारी सिर्जना गर्दै मजदुरकाे अधिकार सुरक्षित गर्न, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि कार्य गरिरहेको बताउनु भयाे ।
यस्तै उक्त कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एसबी थापामगर, अन्टुफ गण्डकीका अध्यक्ष रुद्र गाैतम, उपाध्यक्ष भाेजराज खत्री, अखिल नेपाल स्वास्थ्य श्रमिक संघका केन्द्रीय अध्यक्ष टंक पाैडेल, अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय महासचिव रमेश सिकेले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियोे ।
अन्टुफ केन्द्रीय सदस्य जमुना सेर्पा, महिमा शाही लगायतको आतिथ्य रहेकाे उक्त कार्यक्रमकाे अध्यक्षता अंकु गण्डकीका अध्यक्ष भक्त बहादुर तामाङले गर्नुभएको थियोे भने सञ्चालन सचिव डिलबहादुर गुरुङले गर्नुभएको थियो ।
Be the first to comment