असार १३, काठमाण्डौं । अखिल नेपाल टे«ड यूनियन महासंघ केन्द्रीय समितिको चौंथो पूर्ण बैठक महासंघ अध्यक्ष जगत सिंखडाको अध्यक्षतामा सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अतिथि, उपाध्यक्ष अग्नी प्रसाद सापकोटा विशेष अतिथि र फ्याक्सन इन्चार्ज रामदीप आचार्य लगायतका नेतृत्वहरु अतिथि रहनुभएको बैठकमा नेपालको क्रान्तिकारी मजदुर आन्दोलनलाई अगाडि बढाउन बैठकका अध्यक्ष जगत सिंखडाले प्रस्तुत गर्नुभएको २५ बुँदे कार्य योजना, बैठकले सर्वसम्मत पारित गरेको थियो ।
बैठकका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (माओवादी–केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी मजदुर तर्फ फर्केको र मजदुर संगठनलाई अव उपेक्षा नगरिने बताउँदै राष्ट्रिय अन्तराष्ट्रिय परिवेश, समसामयिक राजनीति, नेकपा माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारहरुले गरेको मजदुर पक्षीय नीतिगत निर्णयहरु र समाजवादी आन्दोलनमा मजदुर संगठनले खेल्नुपर्ने भूमिकाको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
यसैगरी बैठकका विशेष अतिथि नेपाल कम्युनष्टि पार्टी (माओवादी–केन्द्र)का उपाध्यक्ष, पूर्व सभामुख अग्नि प्रसाद सापकोटाले टे«ड यूनियन महासंघ मजदुर अधिकारको पैरवी गर्ने शक्तिशाली साधन मात्र नभई समाजवादी आन्दोलनलाई निष्कर्षमा पुु¥याएने प्रूमुख विषय समेत रहेको स्पष्ट पार्दै आजको टे«ड यूनियनको दार्शनीक र शैद्धान्तिक पक्षमाथी विवेचनात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
बैठकमा अखिल नेपाल टे«ड यूनियन महासंघका फ्याक्सन इन्चार्ज रामदीप आचार्यले महासंघको बैचारिक र संगठनात्मक कार्यलाई अगाडि बढाउन टे«ड यूनियनको स्वरुप, तथ्यपरक तथ्याङ्ककका आधारमा विषयको विश्लेषण, केन्द्रीय पदाधिकारीको अनुशासन र दायित्व, अनुसन्धानमूलक संगठन संचालन विधीका विषयमा प्रशिक्षणात्मक निर्देशन राख्नुुभएको थियो ।
बैठकले नरहरीनाथ योगी र दीपक चँदारालाई महासंघ सचिव तथा इन्दीरा शर्मालाई कोषाध्यक्षमा बढुवा, सचिवालय समिति गठन, पदाधिकारीहरुको कार्यविभाजन, विभागहरुको पूर्णता, केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता प्रदान गर्दै महासंघका सवै संरचनाहरुलाई पूर्णता प्रदान गरेको छ ।
बैठकले विभागहरुका काम, संचालन कार्यविधी, तथ्याङ्कमा संगठनको अवस्था, डिजिटल संगठन, तथ्याङ्क विश्लोषणका आधारमा ध्यान दिने र जोड दिनुपर्ने विषयहरुको निक्र्यौल जस्ता औजारहरुको प्रयोग गर्दै संगठन संचालन रणनीति निर्माण गरेको छ । साथै पेशागत केन्द्र र प्रदेश महासंघहरुको रिर्पोटमा एकरुपाता कायम गर्ने, लेवी प्रणालीलाई निरन्तर र बैज्ञानिक बनाउने, संगठित सदस्यको सांगठनिक जिम्मेवारीलाई प्रशिक्षण प्रदान गर्दै नेतृत्व विकासमा जोड गर्ने विषयहरुलाई उचित ध्यान दिदै महासंघको आन्तरिक सुदृढिकरण गर्ने निर्णय गरेको छ । साथै बैठकले सामाजिक सुरक्षा कार्यान्वयनको अभियान संचालन गर्दै औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत रहेका लाखौं श्रमिकहरुलाई एकैचोटी सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय गरेको छ ।
बैठकले विभिन्न प्रदेश तथा पेशागत घटक संघहरुलाई निश्चित कोटा सदस्य थप गर्ने, क्यालेण्डर निर्माण गरी क्यालेण्डरका आधारमा संगठन संचालन गर्ने, विभिन्न तहका महासंघका नेतृत्वहरुलाई श्रम ऐन, सामाजिक सुरक्षा ऐन, न्यूनत्तम वेतन र संघर्षका आगामी योजनाका बारेमा प्रशिक्षण प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकको अन्त्यमा बैठकका अध्यक्षले बैठकले गरेका निर्णयहरुको सार खिच्दै प्रत्येक सदस्यहरुले खेल्नुपर्ने भूमिकाको विषयमा स्पष्ट पार्दै सौहार्दपूर्ण वातावरणमा बैठकको समापन गर्नु भएको थियो ।



Be the first to comment