यातायात मजदुरहरूको हकहित र अधिकारको सुनिश्चितताका लागि अभियान शुरु

यातायात मजदुरहरूको हकहित र अधिकारको सुनिश्चितताका लागि नयाँ अभियानको शुरुवात”

बीपी राजमार्ग भएर सञ्चालित सवारी साधनमा कार्यरत श्रमिकहरूको संगठन “अखिल नेपाल यातायात मजदुर सङ्घ, बीपी राजमार्ग मूल कमिटी” को कार्यालय स्थापनासँगै श्रमिकपक्षीय यातायात ऐन निर्माण, सामाजिक सुरक्षा कार्यान्वयन, र मर्यादित श्रम सुनिश्चित गर्न राष्ट्रिय मजदुर जागरण अभियान सुरु भएको छ।

मूल कमिटीका अध्यक्ष सुशन लामा को अध्यक्षतामा सम्पन्न भएको उक्त उद्घाटन समारोहमा संगठनका केन्द्रिय अध्यक्ष दिपक के.सी., केन्द्र, प्रदेश तथा काभ्रे जिल्लाका मजदुर नेताहरू, साथै माओवादी केन्द्र रोसीपालिका अध्यक्ष मानविर लामा र युवा नेता दुधराज लामा को विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि दिपक के.सी. ले बीपी राजमार्गमा बढ्दो दुर्घटना न्यूनीकरण, सडक सुरक्षाको प्रवर्द्धन, ट्राफिक नियमको पालना, र यात्रुमैत्री सेवाको विकास मा जोड दिँदै यातायात मजदुर, व्यवसायी, तथा यात्रुहरूको समुचित हितका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नयाँ कार्यालय स्थापनाले मजदुरहरूको हकहितका विषयमा थप बल पुर्याउने विश्वास गरिएको छ, जसले श्रमिक वर्गको संगठनात्मक एकतालाई अझ सशक्त बनाउने छ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*