नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र उपत्यका बिशेष प्रदेश मजदुर महाशाखा अन्तर्गत यातायात शाखा क,ख र ग को संयुक्त बैठक प्रशिक्षण सहित प्रवेश कार्यक्रम भब्य रुपमा सम्पन्न भयो।
उक्त कार्यक्रम कं नर वहादुर रानाको अध्यक्षतामा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा उपत्यका बिशेष प्रदेश कमिटिका इन्चार्ज वर्षमान पुन ” अनन्त” प्रमुख अतिथि उपत्यका बिशेष प्रदेश अध्यक्ष जगत सिंखडा बिशेष उपस्थिति र मजदुर महाशाखा अध्यक्ष शालिक काफ्ले लगायत प्रदेश तथा महाशाखा कमिटिका पदाधिकारिको उपस्थिति थियो।
कार्यक्रममा एमाले जिफन्ट निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनबाट बिद्रोह गर्दै प्रदेश सल्लाहकार तथा ललितपुर प्रमुख रामकाजि कुँवर प्रदेश सल्लाहकार पुर्व जिल्ला उपाध्यक्ष सिताराम घिमिरे लगायत ३५ जना जिल्ला तथा इकाई कमिटीका मजदुर नेताहरु नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल यातायात मजदुर संघमा प्रबेश गर्नुभयो।
प्रमुख अतिथिबाट नव प्रबेशिहरुलाई टिका तथा खादाले स्वागत गर्दै श्रमिक वर्गको एक मात्र प्रिय पार्टी माओवादी केन्द्र भएको उल्लेख गर्नुभयो। नव प्रवेशिको तर्फबाट सिताराम घिमिरेले बोल्दै ने क पा माओवादी केन्द्रमा प्रवेश गर्नुको कारणबारे प्रस्ट पार्नु भयो।
यसैगरि अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक के.सी महाशाखा अध्यक्ष तथा अन्टुफ महासचिवले पार्टी र संगठनको बिषयमा निर्देशनमुलक भनाई राख्नुभयो।
कार्यक्रम संन्चालन कं बिष्णु भाटले संचालन गर्नुभएको थियो।
– Dipak Kc
मिति २०८० कार्तिक २३
ललितपुर
Be the first to comment