यातायात सम्वद्ध ‘क’, ‘ख’ र ‘ग’ को संयुक्त बैठक शाखा कमिटिहरुको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश समिति, मजदुर महाशाखा अन्र्तगत यातायात सम्वद्ध शाखा कमिटिहरु ‘क’, ‘ख’ र ‘ग’को संयुक्त बैठक सम्पन्न भएको छ ।

शाखा कमिटि ‘ख’का अध्यक्ष नरबहादुर रानामगरको अध्यक्षतामा बसेको बैठकले शाखा कमिटिहरुको पुर्नगठन गरेको हो । जस अनुसार, शाखा कमिटि ‘क’ खिल प्रसाद दंगालको अध्यक्षतामा पुर्नगठित भएको छ भने शाखा कमिटि ‘ख’ पूनः नरबहादुर रानाकै अध्यक्षतामा पुर्नगठित भएको छ । यसैगरी शाखा कमिटि ‘ग’ पुनः दिल बहादुर मिर्चिङ्गकै अध्यक्षतामा पुर्नगठन गरिएको छ ।

बैठकले प्रत्येक शाखा कमिटिले कम्तिमा ३ उपशाखा समिति निर्माण गर्ने र प्रत्येक उपशाखा समितिले कम्तिमा ३ प्रशाखा समिति निर्माण गर्ने निर्णय गरेको छ । साथै बैठकले नियमित बैठक, लेवी संकलन, नियमित पार्टी प्रशिक्षण लगायतका प्रस्तावहरु पारित गरेको छ ।

उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत बहादुर सिंखडा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा मजदुर महाशाखा इन्चार्ज विष्णु सापकोटा, यातायात सम्वद्ध शाखाहरुको इन्चार्ज जय बहादुर कार्की, उपत्यका विशेष प्रदेश समितिका सदस्यहरु सोम बहादुर तामाङ्ग, रामचन्द्र कार्की, माधव पाण्डे, शिव प्रसाद पोख्रेल, दीपक के.सी. सुन्दर कुमार केसी, मजदुर महाशाखा अध्यक्ष शालिकराम काफ्ले, महाशाखा सह सचिव विष्णु गुरुङ्ग, महाशाखा सदस्य कुमारी शाहा, लोकमणी खतिवडा लगायतका अतिथिहरु रहनु भएको थियो ।

बैठकमा प्रमुख अतिथि जगत सिंखडा, विशेष अतिथि विष्णु सापकोटा, जय बहादुर कार्की, सोम तामाङ्ग, शालिकराम काफ्ले, रामचन्द्र कार्की, दीपक के.सी लगायतका नेताहरुले विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिषडाँडाको सभाहलमा सम्पन्न बैठकमा स्वागत मन्तव्य दिल बहादुर मिर्चिङ्गले राख्नु भएको थियो भने संचालन खिल प्रसाद दंगालले गर्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*