“राशन कार्ड अपरिहार्य”अर्थमन्त्री वर्षमान पुन

नेपालको ट्रेड युनियन आन्दोलनमा नयाँ फडको,
राशन कार्ड लागु गर्ने ट्रेडयुनियनहरुको जोड्दारको जमर्को !
अन्टुफले मजदुरवर्गमा राशन कार्डको संभाव्यतामाथि बहश केन्द्रित गरेको छ । अर्थमन्त्री वर्षमान पुन,अन्टुफ इन्चार्ज तथा पोलिटब्युरो सदस्य जयपुरी घर्ति, सामाजिक सुरक्षा कोषका कार्यकारिणी अधिकृत श्रीकृष्ण अधिकारी, अर्थशास्त्री रमेश थापा, सार्टुक अध्यक्ष लक्ष्मण बस्नेत, जिफन्ट महासचिव लक्ष्मण शर्मा, एनटीयुसीका अध्यक्ष योगेन्द्र कुँवर, अर्थशास्त्री डिपी ढकाल, अन्टुफविज्ञ जय कार्कीले राशन कार्डको अपरिहार्यता नेपाली श्रमिकमाझ रहेकोले तत्कालै लागू गर्न पर्छ भन्दै विचार राख्नु भएको थियो ।
अर्थमन्त्री पुनले राशन कार्ड लागू गर्ने कुरामा सरकार सकारात्मक रहेको बताउनु भयो । जयपुरी घर्तिले राशन कार्ड अपरिहार्य रहेको कताउनु भयो अरु सबै बक्ताहरुले पनि तत्कालै लागू गर्ने तर्क अघि सार्नुभयो । कार्यक्रमको अध्यक्षता अध्यक्ष जगत सिम्खडाले, स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष धन बिकले र कार्यक्रमको संचालन महासचिव सालिक काफ्लेले गर्नु भएको थियो ।
अन्टुफको सबै पेसागत संगठनबाट १०० जनाको सहभागिता रहेको थियो । राशन कार्ड मागको अभियानले सामाजिक सुरक्षाको कार्यक्रमले भन्दा अझ बढी मजदुरबर्गमा उत्साह थपेको र आसावादी रहेको प्रष्ट देखिएको छ ।
संगिता बानिया, प्रकाश श्रेष्ठ र शिब पोखरेलले कार्यपत्र प्रस्तोता रमेश थापालाई केही जिज्ञासाका प्रश्नहरु राखेका थिए भने थापाले खुलस्त र चित्त बुझ्दो उत्तर दिनु भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*