लुम्बिनी प्रदेशमा अन्टुफको गतिविधिले लियो तिब्रता

दुर्गा मरासिनीको अध्यक्षतामा रुपन्देही जिल्ला समिति गठन

रुपन्देही । अखिल नेपाल ट्रेड युनियन महासंघ रुपन्देही जिल्ला भेलाबाट दुर्गा मरासिनीको अध्यक्षतामा १५ सदस्य जिल्ला समिति गठन गरिएको छ ।

भैरहवाको होटेल यात्रीमा भएको भेलाले दुर्गा मरासिनीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।

भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कमरेड किस्मत बिकको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा रुपन्देही जिल्ला पार्टी सचिव सन्त कुमार यादव, अन्टुफ केन्द्रीय उपमहासचिव दान बहादुर ओली अन्टुफ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त मल्लको उपस्थिति रहेको थियो ।

भेलाले मरासिनीको अध्यक्षतामा उपाध्यक्षमा ग्यासुदिन पठान, सचिव प्रकाश रिजाल, सहसचिबमा कमल आचार्य, कोषाध्यक्ष मिना बगाले सदस्यहरुमा होम बहादुर पान्डे टार्जन गुरुङ, बालकृष्ण पौडेल, राजेश विक, तिलकराम पौडेल, गणेश चालिसे, संगिता मगर, बिस्नु शाह, गणेश हरिजन केशर जिसि सर्वसमव्त निर्वाचित भएका छन् ।

रुकुम पूर्वको प्रथम जिल्ला सम्मेलन सम्पन्न

रुकुम पूर्व । अखिल नेपाल ट्रेड युनियन महासंघ रुकुम पुर्वको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनबाट लक्ष्मण घर्तीको अध्यक्षतामा १७ सदस्य जिल्ला समिति चयन गरिएको अन्टुफ लुम्बिनीका अध्यक्ष बसन्त मल्लले जानकारी दिए ।

सिस्ने गाउँपालिका रुकुमकोट्मा सम्पन्न कार्यक्रम तेजेन्द्र बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र कन्द्रीय सदस्य तथा रुकुम पूर्व जिल्ला इन्चार्ज तेज बहादुर ओली प्रतिक, जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर श्रेष्ठ, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, लुम्बिनी प्रदेश सभा सदस्य दिलमाय बुढा, अन्टुफ केन्द्रीय उपमहासचिव दान बहादुर ओली, अन्टुफ लुम्बिनीका अध्यक्ष बसन्त मल्लले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तव्यसहित आफ्ना धारणा राखेका थिए ।

उक्त कार्यक्रम सञ्चालन अन्टुफ प्रदेश सदस्य राजेन्द्र सिंहले गरेका थिए ।

स्वास्थ्य स्वयंसेविका श्रमिक संघ जानकी गाउँपालिका स्तरीय भेला तथा प्रशिक्षण सम्पन्न

अखिल नेपाल स्वास्थ्य स्वयंसेविका श्रमिक संघ जानकी गाउँपालिका स्तरीय भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।

अन्टुफ लुम्बिनीका अध्यक्ष बसन्त मल्लले दिएको जानकारी अनुसार यही साउन १० गते अखिल नेपाल स्वास्थ्य स्वयंसेविका श्रमिक संघ जानकी गाउँपालिका स्तरीय भेला तथा प्रशिक्षण सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेश पदाधिकारी बैठक सम्पन्न

दाङ । अखिल नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेशस्तरीय उपलब्ध पदाधिकारीको अनौपचारिक बैठक केन्द्रीय उपमहासचिब दान बहादुर वली तथा प्रदेश अध्यक्ष क. बसन्त मल्लको उपस्थितिमा दाङको तुल्सिपुरमा सम्पन्न भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*