विभिन्न पार्टी परित्याग गरी ५० जना माओवादी केन्द्र प्रवेश

धनुषा,१८ फागुन । धनुषाको हंसपुर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ५० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा यहाँ आयोजित जागरण तथा खबरदारीसभामा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवप्रवेशीलाई स्वागत गर्नुभएको हो।
पार्टी प्रवेश गर्नेहरुमा काग्रेस क्षेत्रीय प्रतिनिधि निरस राइन, एमालेका राकेश सहनी, जसपाका वडा अध्यक्षका प्रत्यासी रामु मुखिया सहित नेता कार्यकर्ता रहेका छन् ।
अघिल्लो स्थानीय निर्वाचनमा यो पालिकाको मेयरमा दोस्रो बनेकोमा आगामी निर्वाचन जित्ने गरी पार्टीप्रति आकर्षण बढिरहेको माओवादी केन्द्र हंसपुरका नेताहरुले बताएका छन । अघिल्लो स्थानीय निर्वाचनमा हारेको जनकपुरधामको वडामा यसपटकको उपनिर्वाचन जितेपछि माओवादी केन्द्र धनुषामा उत्साहित देखिएको छ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*