विभिन्न पार्टी परित्याग गरी ललितपुर नेकपा माओबादी केन्द्रमा सयौं प्रवेश

…………………………….
विभिन्न पार्टी परित्याग गरी जनतासित माओवादी अभियानको तीव्र तयारी भैरहेको यो सुनौलो समयमा सरकारले भ्रष्टाचार, ललिता निवास, नक्कली भुटानी शरणार्थी, मिटर ब्याजे विरुद्धको कार्वाही लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नै दिर्घकालीन प्रभाव पार्ने महत्वपूर्ण सयौं अभियान चालेपछि जनताहरु नेकपा माओवादीप्रति आकर्षित हुन थालेका छन् । प्रचाण्ड सरकारलाई सहयोग, समर्थन र मजबुत बनाउन भटाभट पार्टी प्रवेश गर्न थालेका छन् ।
आजै नेकपा माओवादी केन्द्र ललितपुर जिल्लाको क्रियाशीलतामा सानुराजा बज्राचार्यको नेतृत्वमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई भव्य समारोहवीच नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अबीर, खादा, माला लगाई स्वागत गर्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*