
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आम सञ्चारकर्मी र सञ्चार क्षेत्रसँग सम्बन्धित सबै सङ्घसंस्था, सञ्चार माध्यमलगायत सबैमा हार्दिक शुभकामना । विश्व प्रेस स्वतन्त्रता दिवसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा प्रदान गर्ने मैले विश्वास लिएको छु ।
नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका आन्दोलन एवं महान जनयुद्धको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानको कार्यान्वनमा नेपाली प्रेसको भूमिका सराहनीय छ । प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु आजको अवश्यकता हो, यही आवश्यकतालाई व्यावहारतः कार्यान्वन गर्न प्रेस जगत निरन्तर लाग्ने विश्वास लिएको छु । यस दिवसले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्दै समृद्ध, उन्नत र समतामूलक समाज निर्माण गर्न प्रेरित गरोस् हार्दिक शुभकामना ।
२०८२ वैशाख २०
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेकपा (माओवादी केन्द्र )
Be the first to comment