श्रमजीवी जनताका नजरमा अमिट छन् रंगभेद विरोधी आन्दोलनका नायक कमरेड क्रिस हनी- जय कार्की
अन्तर्राष्टियतावादी तथा अफ्रिकन नेसनल कंग्रेसका अध्यक्ष नेल्सन मण्डेला जत्तिक्कै लोकप्रिय नेता कमरेड क्रिस हनी (२८ जुन १९४२– १० अप्रिल १९९३) दक्षिण अफ्रिकन कम्युनिष्ट पार्टीको सबैभन्दा चर्चित महासचिव हुनुहुन्थ्यो ।
जुन २८ कमरेड हनीको जन्म दिन हो उहांप्रति हार्दिक सुमधुर स्मरण गर्न चाहान्छु ।
उहां नेल्सन मण्डेलाद्धारा गठन गरिएको शसस्त्र संगठन उमोकान्तो वि सिज्वेको कमाण्डर र गोराहरुको अल्पसंख्यकहरुको सत्ताको अन्तको लागि गठन भएको अफ्रिकन नेसनल कंग्रेसको नेल्सन मण्डेलापछिको दोश्रो बरियताको लोकप्रिया नेता हुनुहुन्थ्यो ।
हनी एकजना कम्युनिष्ट भएकाले उहां श्रमजीवी वर्गको हितमा समर्पित हुनुहुन्थ्यो । दक्षिण अफ्रिकामा श्वेतहरुको सत्ता संधैको लागि अन्त्य हुनेक्रममा थियो । अफ्रिकी जनता श्वेतहरुको दमन, आतंक र हत्याहिंसावाट मुक्त हुंदै थिए । अल्पसंख्यकहरुको सत्ता संधैको लागि चिहानमा गाड्ने तयारी हुदै थियो । एफ. डब्लु. डे–क्लार्कको घोर प्रतिकृयावादी दक्षिणपंथी समर्थकहरु ए.एन.सी.का नेताहरुलाई सिध्याउने षडयन्त्र बुनिरहेका थिए । त्यहि हत्यारो जमातले सिकार बनाए हनीलाई ।
सन १९९३ को दश अप्रिलका विहान पोल्याण्डवाट आएको अप्रवासी जानुस्झ वालुस र प्रतिकृयावादी कन्जरभेटिभ पार्टीको सांसद क्लाइभ डर्बी लेभिसले हवाई सेनाबाट सन १९९१ मा चोरी गरेको हतियार प्रयोग गरी मर्निङ वाक सकेर उनकै निवासस्थान वाहिर बोक्सबर्गको डान पार्कमा इष्टरको शनिवार विहान केही कुरा सोध्ने वाहानामा हनीलाई अल्मल्याएर हत्या गरिएको थियो । हत्याराहरुको यो धृष्टताको कठोर शब्दमा नेल्सन मण्डेलाले भत्र्सना गर्दै टेलिभिजनवाट देशवासीलाई अपिल गर्न वाध्ये भएका थिए यो आजको रातमा म हरेक दक्षिण अफ्रिकी अश्वेत तथा श्वेतको स्पन्दनको गहिराईदेखि नै भनिरहेको छु डाहा र घृणाले लबालब भएको एउटा श्वेत मान्छे हाम्रो देशमा आयो र दुर्घटनाको खाडलमा धकेल्यो ।
यो हत्याकाण्डको कारणले देशमा झण्डै गृह युद्धको स्थिति सिर्जना भएको थियो । गृह युद्धलाई रोक्नको लागि पनि श्वेतहरुवाट झन छिटो गतिमा असली हकदारका हातमा सत्ता हस्तान्तरण गर्नु परेको थियो । ती दुवै हत्याराहरुलाई फांसीको सजाय तोकेको भएता पनि अफ्रिकाले फांसीको सजाय दिने प्रावधानलाई नयां संविधानवाट हटाएकोले जन्म कैद भोगीरहेका छन् । हत्यारो ७७ वर्षीय सांसद क्लाइभडर्बिको स्थिति यतिखेर गंभीर भएको छ प्रोस्टेट क्यान्सर, छालाको क्यान्सर र ग्यांगरिनवाट ग्रस्त भएको छ । २० वर्ष जेल संजाय भोगीसकेको यो हत्याराले हनीको विधुवासित माफी माग्ने आशय व्यक्त गरेको छ । तर हनीका समर्थकहरु भनिरहेका छन् हत्याराले कस्को उक्साहटमा हत्या गरेको हो त्यस्मा संलग्न सवै सूत्रधारहरुको वारेमा भन्नु पर्छ अनिमात्र उस्लाई तोकेको सजायमा हेरफेर हुन सक्छ भनिरहेका छन् । योंग कम्युनिष्ट लिगका प्रवक्ता खया जवा भन्छन् जवसम्म हनिको हत्यामा संलग्न मतियारहरुका वारेमा डर्र्बी लेविसले राष्ट्रलाई भन्दैन तवसम्म मेडिकल पेरोल विचारणीय हुन सक्दैन ।
हनीको हत्या भएको सन २०१३ को अप्रिल १० का दिन २० वर्ष भैसक्यो । अप्रिल १० का दिन दक्षिण अफ्रिकी जनताले भाव विह्वल हुंदै स्मृति दिवस मनाएका छन् । र, हनिको आज पनि आवश्यकता रहेको, उनले देखाएको वाटोमा निरन्तर लागि रहने प्रतिवद्धता जाहेर गरेका छन् । राष्ट्रपति ज्याकब जुमाले हनीको संझनामा उनको स्मारकमा फूलमाला चढाउदै भनेका छन् “देशवाट अझै पनि रंगभेदको अन्त्य भैसकेको छैन । एकातिर श्वेतहरुको सुविधा सम्पन्न आलिशान घरहरु छन् भने आर्कोतिर कालाहरुको झुपडीको तांती छ ।” यति भयानक असमानता अन्त्यको लागि अझै धेरै काम गर्न वांकी रहेको छ ।
हनीको कान्छी छोरी लिण्डी हनी आफ्ना पिताको शालिकमा फूल चढाउदै भन्छिन् “क्रिस हनी मेरो लागि संधै नायक हुन, तर मैले राष्ट्रको नै नायक भएको महशुस गर्न पाएकी छैन । मेरो पिताको हत्यापछि थाहा पाएं क्रिस हनी मेरा पिता थिए । मेरा पिता पत्याउनै नसकिने असाधारण स्वतन्त्रता सेनानी थिए । म मेरा पितालाई हरेक पल संझिरहन्छु जसरी राष्ट्रले क्रिस हनीको अभाव महशुस गरिरहेको छ ।” किनकी हनी परिवारसित वस्न पाउदैन थिए, उनी निर्वासित जीवन विताइरहेका थिए ।
दक्षिण अफ्रिकन टे«ड युनियन महासंघका महासचिव ज्विलिन्जिमा वाभी भन्छन् “असाधारण खालको खंदिला क्रान्तिकारी नेता जस्ले हाम्रो मुक्तिको खातिर महान परम्परा स्थापित गरे । पक्कै पनि हनी यो रंगभेदको असमानताको तहलाई समाप्त गर्न गरेको ढिलाई प्रति रुष्ट हुने थिए ।”
ए.एन.सी.का प्रवक्ता किथ खोजा भन्छन् हामीले हनीको संझनामा “हामी आफैप्रति समर्पित हुनुपर्छ हामीले मुक्तिका लागि गर्नु पर्ने कामहरु पुरा गर्नुपर्छ ।”
हनीका परिवारजन तथा साथीहरुको भनाई छ दक्षिण अफ्रिका स्वतन्त्र भएको २० वर्ष भयो तर अझै पनि असमानताको गहिरो खाडल छ अन्तर जातीय तनाव कायमै छ ।
“हामीले शसस्त्र संघर्षलाई कहिल्यै पनि एक मात्र साधानकोरुपमा स्वीकारेनौ बरु अन्य प्रकारका संघर्षहरुसित यसलाई तालमेल गराएकैले रंगभेदी सत्तामा संकट पैदा गरायो ।”
-क्रिस हनी
हनीको अर्की छोरी भेनेस्सा भन्छिन् “पिताका हत्या हाम्रो परिवारका लागि अहिले पनि नराम्ररी उकुच पल्टेको घाउ बनेको छ । हाम्रा पिता खरो बोलीको हुनुहुन्थ्यो उहां भ्रष्टचार र शक्तिको दुरुपयोगको विरुद्धमा बोल्नु हुने थियो त्यसले गर्दा ए.एन.सी.मा उहांलाई बसिरहन कठिन हुने थियो । मलाई लाग्छ उहां निकै अप्ठेरो अवस्थामा पनि महत्वपूर्ण भूमिका खेल्नु हुन्थ्यो ।”
साउथ अफ्रिकन कम्युनिष्ट पार्टीका वर्तमान महासचिव ब्लेड न्जिमाण्डे भन्छन् “यतिखेर आएर संचार जगतले कामरेड क्रिसको तरफदारी गर्दै छ । हनिको हत्यालाई पैसाचिकरण गर्ने र हनिलाई कालो गिद्धको नकारात्मक नामाकरण गर्ने यो त्यहि मेडिया हो । आज तिनीहरु तरफदारी गरिरहेका छन् किनकी उनको हत्या भैसकेको छ । तिनीहरु अहिलेको साउथ अफ्रिकन कम्युनिष्ट पार्टीको नेतृत्वको धज्जी उडाउनको लागि त्यसो गरिरहेका छन् ।”
क्रिस हनिले सन १९९१ को फरवरी महिनामा संक्षिप्त आत्मबृतान्त लेखेका थिए । त्यसमा उनले भनेका छन “ट्रान्स्केइको सानो ग्रामीण वजारमा जन्मेका थिएं, जसलाई कोफिम्वाबा पनि भनिन्थ्यो । यो वजार इष्ट लण्डनवाट २०० किलोमिटर पथ्र्यो । उनी उनका माता पिताका ६ सन्तान मध्ये ठाईलो सन्तान थिए । छ जनामध्ये तीन जनामात्र जीवित थिए अरु सवै सानै उमेरमा मरेका थिए । उनको आमा लेखपढ गर्नै नजान्ने थिइन भने पिता भने सामान्य लेखपपढ सक्ने अर्धसाक्षर थिए । उनका पिता एक जना प्रवासी मजदुर थिए । उनी ट्रान्सभल खानीमा काम गर्थे अनि निर्माण उद्योगको अर्ध कुशल मजदुर पनि भएका थिए ।”
जीवनयापन निकै कठिन थियो आमाले खेतमा काम गरेर वालवच्चाहरुको भरणपोषण गर्थिन भने पिताको तर्फवाट निकै कम आर्थिक सहयोग जुट्थ्यो किनकी उनलाई गोरा पुंजिपतिहरुकोमा कामगर्न जानु पथ्र्यो । हनी हप्ताको पांच दिन २० कि.मि. हिडेर स्कुल जान्थे भने प्रत्येक आइतवार त्यत्तिकै दुरी पार गरेर चर्चमा जान्थे । उनी आठ वर्षको उमेरमा चर्चको अल्टर ब्वाई भैसकेका थिए भने धार्मिक कर्मकाण्डमा निपुर्ण भैसकेका थिए । प्राइमरी शिक्षा पुरा गर्दासम्म उनलाई पादरी बन्ने ठूलो धोको थियो । उनका पिताले यो विषयमा विशेष चासो देखाएका थिए । उनी सन १९५४ मा माध्यमिक तहको शिक्षा हासिल गर्दै थिए । रंगभेदी सत्ताले काला रंग भएका विद्यार्थीहरुले गोराहरुको सर्वोच्चता सवै क्षेत्रहरुमा स्वीकार गर्नुपर्ने शिक्षा नीति लागू गरेको थियो । उनलाई यो विषयले क्रुद्ध र आक्रोषित पारेको थियो । अतः उनी संघर्षको मैदानमा उत्रिन वाध्य थिए ।
हनीलाई एएनसी नेताहरले सन १९५६ मा शसस्त्र आन्दोलनबाटो छाडेर स्वतन्त्रता संघर्षमा भाग लिनलाई कन्भिन्स गरेका थिए । उनी सन १९५७ मा एएनसीको युवा लिगमा प्रवेश गरेका थिए । त्यतिखेर उनी १५ वर्षको थिए । त्यतिखेर एएनसीको गतिविधि अफ्रिकन स्कूलहरुमा प्रतिवन्धित थियो र उनीहरुका गतिविधिमा निगरानी गरिन्थ्यो । सन १९५९ मा उनी फोर्ट हरे विश्वविद्यालयमा भर्ना भएका थिए । उनी त्याहां खुलारुपमा संघर्षमा उत्रन थाले किनकी फोर्ट हारे क्याम्पसमा राजनैतिक स्वतन्त्रता थियो । उनी त्यहंी माक्र्सवादी विचारले लैश भएका थिए भने रंगभेदी पुंजिवादी व्यवस्थाको अवस्था र त्यसको चरित्रका वारेमा पनि अध्ययन गर्ने मौका पाएका थिए । र, उनी माक्र्सवादको रंगभेद विरोधी विचारमा समाहित भएका थिए ।
उनी क्याथोलिक धर्मका कारण ल्याटिन, अंग्रेजी साहत्यिप्रति निकै आकर्षित भएका थिए र यी दुई विषयको गहिरो अध्ययनको कारणले उनी अंग्रेजी, ल्याटिन र ग्रीक साहित्य त्यो पनि आधुनिक र शास्त्रीयमा साहित्यमा डुबेका थिए । उनको यो साहित्य अध्ययनले सबै किसिमको दमन, विभेदीकरण र रुढिवादप्रति प्रवल घृणा जगाएको थियो । हनीलाई विभिन्न साहित्यिक कृतिहरुमा निरंकुशतन्त्र र अत्याचारको विषयमा चित्रण गरेको कृतिहरुले उनलाई संस्थागतरुपमा गरिने दमन र अत्यचारका विषयमा अझै धेरै घृणा जगाएको थियो ।
सन १९६१ वाट उनी भूमिगत दक्षिण अफ्रिकन कम्युनिष्ट पार्टीमा पूर्ण आर्थिक स्वतन्त्रता विना राष्ट्रिय मुक्ति संभव छैन भन्ने विश्लेषणसहित प्रवेश गरेका थिए । उनको यो प्रवेशमा महान कम्युनिष्ट नेताहरु गोभन म्बेकी, ब्राम फिशर, जेबी माक्र्स, मोसेज कोताने र रे सिमोन्सले जारी राखेको संघर्षको कारण थियो उनले भनेका छन् ।
रंगभेदी सत्ताले झन झन सकिर्ण गतिविधिलाई तीव्रता दिन थालेपछि उनी प्रारम्भिक चरणको उम्खोन्तो वी सिज्वेमा प्रवेश गरेका थिए । यो उनको लागि दीघकालीन शसस्त्र संघर्षको मार्ग थियो । यो अवधिमा हनीलाई तीन पटकसम्म हत्या गर्न खोजिएको थियो । उनी भन्छन् “हामीले शसस्त्र संघर्षलाई कहिल्यै पनि एक मात्र साधानकोरुपमा स्वीकारेनौ बरु अन्य प्रकारका संघर्षहरुसित यसलाई तालमेल गराएकैले रंगभेदी सत्तामा संकट पैदा गरायो ।”
सन १९६७ मा हनीले जिप्रा फौजसित मिलेर राजनैतिक कमिसारको हैशियतमा जिम्बाबेमा लडाई गरेका थिए । र सन १९७४ मा उनी दक्षिण अफ्रिकामा भूमिगत संगठन निर्माणको लागि फर्केका थिए भने त्यसको लगतै उनी लेसोथोमा ए.एन.सी.को भूमिगत संगठन निर्माणको लागि गएका थिए ।
उनी भन्छन्-
“संघर्षको चारवटा स्तम्भले रंगभेदी सत्तलाई संकटमा पु¥याएको थियो । यो रंगभेदी सत्ताले हाम्रो संघर्षलाई स्वीकार गर्न र मान्यता दिन वाध्ये पारेको थियो र समाधानको प्रकृयामा जानको लागि हामीसित वार्ता गर्न मन्जुर भएका थिए । वर्तमानको राजनैतिक अवस्थाले गर्दा हाम्रो संगठनले शसस्त्र कार्वाहीलाई निलम्वन गर्ने सही निर्णय गरेको थियो । र, यो वार्ता भएको समयमा गर्नुपर्ने महत्वपूर्ण काम थियो ।”
जुन २८ कमरेड हनीको जन्म दिन हो उहांप्रति हार्दिक सुमधुर स्मरण गर्न चाहान्छु ।
सन्दर्भ सामाग्रीहरु
१. दक्षिण अफ्रिकन कम्युनिष्ट पार्टीका महासचिव ब्लेड न्जिाम्बेको बक्तब्य
२.बी.बी.सी. अप्रिल १०,२०१३
३. हनीको आत्मा बृतान्त
४. दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीको वेब साइट तथा हनीसंग सम्वन्धित सामाग्रीहरु
असार १४,२०७०


जुन २८ कमरेड हनीको जन्म दिन हो उहांप्रति हार्दिक सुमधुर स्मरण गर्न चाहान्छु ।
Be the first to comment