संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) बाग्मती प्रदेस समितिको श्रम सम्मेलन सम्पन्न

 बाग्मती प्रदेसका संयोजक गणेश भट्टराई को अध्यक्षता, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यता, जेटियुसिसिका अध्यक्ष योगेन्द्र कुवरको बिशेष आतिथ्यतामा जेटियुसिसी आबद्द ट्रेडयुनियनका श्रमिक अगुवाहरु, प्रतिनिधि/पर्यबेक्षकहरुको उपस्थितिमा भब्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रममा जेटियुसिसी महिला कमिटी सम्योजक बिष्णु थापामगर, INFONT का अध्यक्ष इन्द्र देब मिश्र, मकवानपुर उध्योग बाणिज्य संघका अध्यक्ष लगायतको विशेष उपस्थिती रहेको थियो।
१० वटै ट्रेड युनियनमा प्रदेस प्रतिनिधिहरु उपस्थिती रहेको उक्तकार्यक्रममा अन्टुफका प्रदेस अध्यक्ष सत्यमान लामा (मिलन) ले स्वागत मन्तब्य मार्फत उपस्थित हललाइ स्वागत गर्नुभयो भने जिफन्टका प्रदेस अध्यक्ष रामहरी नेपालले कार्यक्रम संचालन गर्नुभएको थियो।
सम्मेलनमा अन्टुफका प्रदेसका वरिष्ठ उपाध्यक्ष होम खड्का, कुमारि लामा, NTUC का प्रदेस समितीका महिला उपाध्यक्ष सिला केसि, सहसचिब उदय लामा, जिफन्टका प्रदेस सचिब कृष्ण रिमाल, टेकनारायण यादब समेतको उपस्थिति रहेको थियो। उपस्थित श्रमिक प्रतितिनिधीहरुबाट बिद्यमान समस्या र चुनौतीसङ्ग सम्बन्धित महत्वपुर्ण सुझाबहरु पेस गर्नुभएको थियो।
साथै उक्त प्रस्न र सुझाबहरुको चित्तबझ्दो जवाफ जेटियुसिसिका नेतृत्व गणबाट दिनुभएको थियो।
– Meelan Lama.
२०८१/०९/१२ पल्पसा हल -हेटौडा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*