अखिल नेपाल ट्रेड युनियन महासंघ सुदुरपश्चिम प्रदेश कमिटीको आयोजना अन्तरास्ट्रिय लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सुदुरपश्चिम महिला कमिटीको प्रथम भेला तथा अखिल नेपाल स्वास्थ्य सेविका श्रमिक संघ सुदुरपश्चिम प्रदेशको पहिलो भेला संयुक्त रुपमा ने.क.पा(माओवादी )केन्द्रिय सदस्य तथा अन्टुफ सुदुरपश्चिम प्रदेश फ्राक्सन इन्चार्ज कृष्ण कुमार चौधरी , बिशेष अतिथी आन्टुफ उपाध्यक्ष बिष्णु थापा मगर, बिशेष अतिथि अन्टुफ सचिव संगीता बानिया , विशेष अतिथि आन्टुफ सुदुरपश्चिम प्रदेश अध्यक्ष भरत न्यौपाने , बिशेष अतिथी अखिल नेपाल स्वास्थ्य सेविका श्रमिक संघ को अध्यक्ष कोमल माया लामा लगायत अन्य पेसाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भयो।
अखिल नेपाल सुदुरपश्चिम महिला कमिटीमा राजमती अधिकारीको अध्यक्षता मा १९ कमिटी सदस्य चयन भयो भने अखिल नेपाल स्वास्थ्य सेविका श्रमिक संघ सुदुरपश्चिम प्रदेश कमिटीमा माया जोगि को अध्यक्षता मा १३ सदस्यको कमिटी निर्माण भएको छ।
-Bishnu Thapa.
Be the first to comment