अखिल नेपाल ट्रेड युनियन महासंघको मुख्य घटक पेशा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ केन्द्रीय समितिले पहिलो पटक संगठनले आजसम्म भए गरेको काम कार्वाही, संघर्ष र सम्झौताहरुको दस्ताबेजिकरणको लागि लिपिबद्ध गर्दै पुस्तकको रुपमा प्रकाशन गरि होटल मजदुर आन्दोलनको “दर्पण” पुस्तक सार्बजनिककरण (बिमोचन) गरेको हो।
काठमाडौ काे द्वारिका हाेटलमा आयोजित बिमोचन कार्यक्रममा प्रमुख अतिथी पार्टी थाइ कमिटी सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघ इन्चार्ज जयपुरी घर्ती हुनुहुन्थ्यो भने विशेष अतिथी अखिल नेपाल ट्रेड युनियन महासंघ अध्यक्ष जगत सिम्खडा अतिथीहरुमा अन्टुफ ट्रेड युनियन विज्ञ जय कार्की , महासंघ बरिष्ठ उपाध्यक्ष धनबहादुर बि क उपाध्यक्ष प्रकाश श्रेश्ठ , सोम तामाङ्ग महासचिब सालिक काफ्ले, उपमहासचिब तथा अखिल नेपाल हाेटल क्यासिनाे तथा रेष्टुरा मजदुर सघं केन्द्रिय समिती इन्चार्ज माधब पान्डे, महासंघ पुर्ब कर्णाली प्रदेश अध्यक्ष धनबहादुर रोका, होटल केन्द्रीय समिती संरक्षक धुर्ब ढकाल र राजेन्द्र न्यौपाने, सल्लाहकार पि आर जोशीको उपस्थिती थियो।
अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघको केन्द्रीय अधयक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बरिष्ठ उपाध्यक्ष मिलन मल्लले गर्नु भएको थियो भने स्वागत मन्तब्य लिलाकुमार श्रेष्ठले गर्नु भएको थियो।
यो विशेष कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, बरिष्ठ उपाध्यक्ष लगायत सबै बक्ताहरुले होटल मजदुरहरुले ऐनले तोके अनुसार खाईपाई आएको १० प्रतिशत सेवा शूल्क कोभिड माहामारीको संकट देखाई हटाएकोमा पूनः लिएरै छाडने मजदुरलाई खुवाएरै छाड्ने त्यसकोलागि सबै प्रकारको संघर्ष गर्न बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
दर्पण पुस्तक स्तरीय र होटल मजदुर आन्दोलनको दस्तावेज रहेको छ भण्डै २१ वटा लेखरचना र दस्तावेज समावेश गरिएको यो पुस्तकमा इन्चार्ज जयपुरी घर्ति र अन्टुफ अध्यक्ष जगत सिम्खडाको शुभकामना सहित प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अन्टुफ पूर्वअध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कटेलको लेखबाट पुस्तकको लेखरचनाहरु शुरु गरिएका छन् । पहिलो अंक भएकोले दोष देखाउनेभन्दा पनि प्रशंसा गर्नु र निरन्तरताको अपेक्षा गर्नु पर्दछ ।
सोमबार काठ्माडौं’
Milan Malla
Be the first to comment