अध्यक्ष जगत सिम्खड़ा: विदेशमा काम गरिरहेका श्रमिकहरुलाई अनिवार्यरुपमा मत खसाल्न पाउँने अधिकारको व्यवस्था गरियोस

इतिहासको पानाबाट:

नेकपा माओवादी केंद्रलाई संघीय निर्वाचन र प्रदेश समसदको निर्वाचनको घोषणापत्रमा समावेश गरी, नया सरकार गठनका साथ लागू गरियोस भनि नेपाली मजदूरबर्गका लाग़ि अंटुफ़ अध्यक्ष जगत सिम्खड़ाले बुझाऊनु भएको ८ बुंदे कार्यक्रम तथा माँगपत्र यसप्रकार रहेक़ो छः-

१. श्रमिकबर्गको जीवनलाई सम्मान योग्य तथा आधारभूत आवश्यकतालाई सहज बनाउँन योगदानमा आधारित सामाजिक सुरक्षा स्किम सबै श्रम क्षेत्रमा लागू गर्ने र लागू नगर्नेलाई कार्वाही गरियोस ।
२. मजदुर वर्गको श्रम अधिकारमाथि अंकुश लगाउँने ऐनको दफा १४५ लगायतका तत्तत् अबरोधक दफाहरुलाई मजदुरको अधिकार रक्षा हुने गरी संशोधन गरियोस !
३. आउटसोर्सिङबाट काम लगाउँन बन्द गराई सबै श्रमिकलाई स्थायी गरी घातक करार प्रणाली अन्त्य गर्दै, खरीद बिक्री ऐनबाट श्रमिक भर्ना बन्द गरोस !
४. समान कामको समान ज्याला लागू गरी आईएलो अभिसन्धि १९० लाई अनुमोदन गरियोस !
५. खस्किदो पर्यावरणको रक्षा र सम्बर्धन गरी हरित रोजगारी सिर्जना गरी, प्रदुषणयुक्त यातायात तथा कलकारखानाहरुलाई रुपान्तरण गर्ने योजना निर्माण गरिनु पर्दछ । औद्योगिक तथा अन्य कार्य क्षेत्रलाई प्रदुषण मुक्त बनाउन अभियान संचालन गर्नुपर्दछ । श्रमिक आवासको सुलभ व्यवस्था गरी, स्वास्थ्य र शिक्षामा निशुल्क गरियोस ।
६.देशभित्रका सबै श्रमिकलाई कार्यस्थलबाटै मतदान गर्ने व्यवस्था गरि विदेशमा काम गरिरहेका श्रमिकहरुलाई अनिवार्यरुपमा मत खसाल्न पाउँने अधिकारको व्यवस्था निश्चित समय तोकेर गर्नुपर्दछ ।
७. बैदेशिक रोजगारीमा गएका श्रमिकको हक, अधिकारको रक्षा गरी सुरक्षित गन्तब्यको ग्यारेन्टी गरी श्रम सहचरीको भूमिकालाई क्रियाशील बनाई आईएलओले माईग्रेन्टबारे अनुमोदन गरेको अभिसन्धी लागु गर्न पहल गरियोस !
८. रोजगारीका नयाँ अवसर तत्काल खोजी गरी देशलाई आत्मा निर्भ बनाउँने स्थायी अर्थतन्त्रको बिकास गरी दलाल बित्तिय अर्थतन्त्रको अन्त्य गरी स्वामिमानी अर्थतन्त्रको बिकास गर्दै । सबै प्रदेशमा परिवर्तित आवश्यकता अनुसारको उद्योग, व्यवसाय, सेवा क्षेत्र तथा कृषि क्षेत्रमा खपत हुने तथा आबश्यक पर्ने रोजगारी सिर्जना गर्ने उच्च तहसम्मको प्राविधिक शिक्षालयको स्थापना गर्ने प्रतिबद्धता जाहेर गरोस ।

सबै संगठित तथा अनौपचारिक क्षेत्रका मजदुरवर्गले जोड़दाररुपमा कार्यान्वयन गरियोस भनि एकजुट भएर माँग गर्न गर्न आवश्यक छ ! धन्यवाद

Decembar 22, 2022.

पोस्ट ग़र्ने –
अंटुफ़ उपाध्यक्ष जय कार्की

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*