माओवादी केन्द्रले विशेष कार्यक्रम गरेर विज्ञहरूसँग सुझाव लिँदै

२ असोज ०७९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को श्रम तथा रोजगार विभागको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्रमा समेट्नु पर्ने विषय तयार गर्न समिति गठन गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको  केन्द्रीय श्रम तथा रोजगार विभागको प्रमुख एवम् पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको अध्यक्षता साथै नेकपा (माओवादी केन्द्र)को घोषणा पत्र मस्यौदा समितिका सदस्य जगत सिम्खडाको उपस्थितिमा बसेको बैठकले सुझाव मस्यौदा समिति गठन गरेको हो ।

सुझाव मस्यौदा समितिमा कोपिला पोखरेल, सोमबहादुर थापा, घनश्याम रजक, राजुविक्रम चाम्लिङ र इश्वर जिसी रहेका छन् ।

नेकपा (माओवादी केन्द्र)को वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित घोषणा पत्र मस्यौदा समितिले यही असोज ८ गते शनिबार ललितपुरको एक होटलमा विशेष कार्यक्रम आयोजना गरेर संस्थातरुपमा सरोकारवाला र विज्ञहरूसँग सुझाव लिने तयारी गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*