
सोभियत संघमा थुप्रै यस्ता अमर व्यक्तिहरुको जन्म भयो । ती मध्ये एकजना सुप्रसिद्ध कवि तथा अवन्त गार्डको महत्वपूर्ण सदस्य भ्लादिमिर ायाकोभ्स्की हुन । उनको जन्म सन् १८९३ जर्जियाको बग्दादीमा जुलाई १९ का दिन भएको थियो । उनको पिता कोन्स्तान्तिनोभिज एक जना बन रक्षक (रेन्जर) थिए । भ्लादिमिरका दुई जना ओल्गा र लुद्मिला नामका दिदीहरु थिए । सन.् १९०२ मा कुताइसीमा उनको पढाई सुरु भएको थियो । भनिन्छ, अध्ययनप्रति उनको त्यति रुचि थिएन । उनी पढाइमा तृतिय हुन्थे । तर आन्दोलनमा भाग लिन प्रचारप्रसारको काम गर्न भने निकै उत्साहित थिए । मायाकोभ्स्कीलाई कला र सहित्यको क्षेत्रमा पुरानो शैलीको स्थानमा नयाँ शैलीको प्रयोग गरेकोमा फ्युचरिष्ट पनि भनिन्छ ।
यिनको पिता कोस्साक सम्प्रदायका थिए भने माता भने युक्रानियन मेरो मातृभाषा जर्जियन थियो म तीनवटा संस्कृतिवीचमा जन्मेको थिएं भन्छ उनि ।
मायाकोभ्स्की २० औं शताब्दीको चर्चित लेखक तथा कविहरु बोरिस पास्तारनाक, मारिना स्भेताएभा, ओसिम म्याण्डेलस्ताम, इसाक बाबेल, अलेक्जेन्डर ल्बोक र
अन्ना अख्मातोभाको श्रृंखलामध्ये एक हुनुहुन्थ्यो । अर्थात् २० औं शताब्दीको रसियन समाजवादी पुनरजागरण अवधिको हुनुहुन्थ्यो ।
इम्यानुअल गेल्मानको भनाई अनुसार मायाकोभ्स्की बाल्यकालदेखि काव्यलेखनमा सिद्धहस्त थिए । उनका कविताहरुले सोभियत विचारधारालाई निर्देशन लगाउँथ्यो । मलाई सर्वहारा तथा सामाजिक न्यायमा आधारित देशमा हुर्किन कोर्रा लगाउँथ्यो । अक्टोबर क्रान्तिको दुईवटा मुखपत्र थिए यी दुईमध्ये प्रमुख भ्लादिमिर इलिच लेनिन हुनुहुन्थ्यो भने अर्को चांही भ्लादिमिर भ्लादिमिरोभिच मायाकोभ्स्की”
मायाकोभ्स्की १३ बर्षको छँदा औलाको घाउमा विषदी फैलिनाले उनको पिताको निधन भएको थियो । त्यसपछि आमा अलेकजेन्ड्रा अलेक्सीमाकोसाथ लागेर दुई दिदी सहित मास्को सरेका थिए ।
ट्रान्सककेसियादेखि रुससम्मको बहुसंस्कृतिको प्रभावमा हुर्केका मायाकोभ्स्की मास्कोमा जिम्नेसियम स्कूलमा भर्ना भएका थिए । ……..मायाकोभ्स्की भूमिगत रुसी कम्युनिष्ट पार्टीको प्रचारप्रसारमा संलग्न भएकाले सो भूमिगत आन्दोलनसँगै अध्ययनलाई परित्याग गर्न वाध्ये भएका थिए । भूमिगत आन्दोलनको क्रममा उनी तीन पटकसम्म जेल परेका थिए । जेलको नियम तोडेकोमा वुर्तिस्काया जेलमा थप ६ महिना हिरासतमा गुज्रिनु परेको थियो । उनले एकान्त जेलभित्रको वासमा नै सन् १९०९ मा पहिलो कविता लेखेका थिए । जेलबाट छुटेपछि मायकोभ्स्की भूमिगत राजनीतिक परित्याग गरी स्वतन्त्र व्यक्ति भएका थिए । तर, सन् १९१० मा पहिलो कविता लेखेका थिए । तर, सन. १९१० मा नै उनी स्वतन्त्र विचारक तथा लेखकको रुपमा देखा परे । त्यसैअवधिमा उनले स्त्रोगानोभ स्कुल अफ आर्ट त्यसपछि मास्को इन्स्टिच्युट अफ पेन्टिङ्ग,
स्कल्पचर एण्ड आर्टिटेक्चरमा अध्ययन गरे । अध्ययनको यही समयमा उनले साहित्य र कलासम्वन्धी नयाँ अवधारणा बोकेका कलाकार डेभिड ९ालतजचचथत० बुल्र्युकसित मित्रता बढेपछि उनीहरु दुईजना मिलेर थुपै्र कला तथा पुस्तक प्रदर्शनी गरेका थिए । सन् १९१२ मा मायाकोभ्स्की विविध संस्कृतिले सम्पन्न प्रसिद्ध सेन्ट पिटर्सवर्गमा छिर्नु भयो । त्यहाँे विश्व प्रसिद्ध साहित्यकार माक्सिम गोर्कीसित परिचय भएको थियो । सो शहरमा मायाकोभ्स्कीले आफ्नै नाममा दुखान्त नाटक भ्लादिमिर मायाकोभ्स्की नाटक सन् १९१३ मा प्रस्तुत गरेका थिए ।
मायाकोभ्स्कीको जीवनलाई कायापलट गर्ने एक जना महिला जसको नाम लिल्या ब्रिक थियो । उनीसित यहीं परिचय भएको थियो । लिल्याको पति ओसिप पनि मायाकोभ्स्कीको निकै ठूलो प्रशंक भएकाले क्लाउड इन द ट्राउजर सन १९१५ मा दि ब्याकबोन सन १९१६ मा प्रकाशित गरेका थिए । मायाकोभ्स्की लिल्या ब्रिकलाई आफ्नो कविताको सुन्दर एवं विशिष्ट प्रेरक देवी ठान्थे । सन १९२० मा मायाकोभ्स्कीले युरोप र अमेरिकाको भ्रमण गरी विशाल अनुभव बटुलेका थिए भने त्यही वर्षबाट नै सोभियत संस्कृति र राजनीतिमा प्रभावशाली व्यक्तित्वको रुपमा अघि देखा परेका थिए । उनी एकजना कवि, एउटा कलाकार, एकजना अभिनेता एकजना लेखक, निर्देशक र लोप्रिय वक्ताको गुणले भरिपूर्ण बहुआयामिक ब्यक्ति थिए ।
भ्लादिमिर मायाकोभ्स्कीलाई फ्युचरिष्ट भन्नुको प्रमुख कारण भनेको शास्त्रीय कला र साहित्यलाई जगेर्ना गर्ने भन्दा पनि आलोचनात्मक दृष्टिकोण सहित समयसापेक्ष एवं राजनीतिक परिवर्तन अनुकुलको कला र साहित्यमा गरेको छलाङ्गयुक्त परिवर्तनले नै हो । कयौं पटक त उनी राज्यले संचालन गरेको समाजवादी प्रचारात्मक आन्दोलनभन्दा धेरे अघि पुग्थे सो कारणले पनि राज्यद्वारा आलोचित हुनुपुग्थे ।
कतिपय प्रसंगहरु मायाकोभ्स्कीसित जोडेर उचालिएका घटनाहरु समाजवादसित मेल खाँदैन । किनकी मायाकोभ्स्कीले वाचुन्जेल क्रान्तिको रक्षा र विकासको लािग मात्र काम गरेका मायाकोभ्स्कीलाई अक्टोवर क्रान्ति र समाजवादी आन्दोलनबाट अलग राख्न अने प्रयत्न गरेको पाइन्छ । उनको समाजवादसित गाँसिएका महत्वपूर्ण देनहरुलाई ओझेलमा पार्दै अल्लारे अवस्थामा रचित मायापिरतीका रचनाहरु र उनको महिलाहरु प्रतिको आशक्तिलाई बढी ..उनी समाजवाद प्रति विमुख थिए भन्ने अर्थमा प्रस्तुत गर्न खोजेको पाइन्छ
सन १९२९ मा प्रकाशित मायाकोभ्स्कीको नाटक दि बेड बग (The Bed Bug).
मायाकोभ्स्कीद्धारा रचित समाजवादलाई आवश्यक पर्ने साहित्य, कला र प्रचारात्मक सामग्रीको अथाहा ज्ञानवर्धक लेखन र कलालाई ओझेल पार्ने कसरत गरिदैछ । उनको मृत्युलाई समेत जोडेर स्तालिनलाई दोष दिन कुनै स्थान बाँकी राखेको छैन । स्टालिन ती नै महान् नेता हुन् जसले मायाकोभ्स्कीको सम्पूर्ण रचनाहरुलाई राज्यद्वारा संरक्षण गरी प्रचारप्रसार गर्ने निर्देशन गरेका थिए । उनका क्रान्तिकारी कविताहरु सोभियत स्कुलको पाठ्यक्रममा समावेश गर्न निर्देशन दिएका थिए ।
- जय कार्की
मायाकोभ्स्कीले सन १९३० को अप्रिल १४ का दिन एउटा मृत्युपत्र लेखेर आत्महत्या गरेका थिए । उनी डिप्रेसनको शिकार भएका थिए ।
– लेनिनको देहान्तमा लेखेको वियोगान्त काव्यमा संसार प्रसिद्ध छ ।
– व्यांग्यात्मक नाटक क्लोप (वेडवग) र वान्या निकै चर्चित रहेका छन् ।
– सोभियत फिल्म उद्योगको लागि एउटा लेखक, अभिनेता र फिल्म डाइरेक्टरको रुपमा उनको ठूलो देन रहेको छ ।
– सोभियत संस्कृतिको निर्माणको क्रममा मायाकोभ्स्की पुस्किन र लिओ टल्सटयको इतिहास र परम्परालाई हटाउनु पर्नेमा उनको निकै ठूलो जोड थियो ।
– मायाकोभ्स्की पूर्णतः रुसी क्रान्तिप्रति समर्पित हुनुहुन्थ्यो । समाजवादी सरकारले सबै नागरिकलाई समान अधिकार, जीविकोपार्जनको स्तर वृद्धि, कला र साहित्यप्रति गरेको नयाँ प्रतिवद्धता र निर्देशन कार्यान्वयन नीतिका कारण समाजवादी नाराहरु प्रचारात्मक सामग्रीहरु निर्माण गर्न उत्साहित भएका थिए ।
आफूमात्र होइन सबै लेखक, कलाकार निर्देशक र कालकारहरुलाई समाजवादप्रति हेलिन उत्सहाति गरेका थिए । रुसी टेलिग्राफ एजेन्सीको स्वयंले प्रचारात्मक पोष्टरहरुको डिजाइन गरेका थिए ।
सोभियतसंघको विघटनसँगै यी प्रगतिवादी महान् मायाकोभ्स्कीलाई देशको हिरो भनि स्टालिनले प्रदान गरेको पदावली झिकिदिएको छ । तर पनि प्रमुख शहरको चोकहरुमा, विश्वविद्यालयहरुमा, स्कुलहरुमा र मेट्रो स्टेशनहरुमा उनको विशालकाय शालिकहरु सोभायमान रहेका छन् । संसारभरिका समाजवादीहरुको आस्थाको धरोहर बनेर ।
नेपालीमा अनुदिन कविता र लेनिनसम्वन्धी दुखान्त काव्य यहाँ प्रस्तुत गरिएको छ ।
उनी भूमिगत प्रचारक हुँदा पार्टीले कोन्स्तातिन नाम दिएको थियो ।
” तरुण कम्युनिष्ट गीत”
मृत्यु खबरदार!
बनाउंछ , बिगार्छ, भत्काउंछ र उखेल्छ,
बहन्छ, उर्लन्छ र सुसाउंछ
हुंडेल्छ, बोल्छ, थामिन्छ र गर्जन्छ
युवा सैन्य :
लेनिनवादीहरुको
हामी नयां रगत शहरिया नसाका,
सौम्य देह, भावना जाल तानको धागो झैं ।
लेनिन थिए, लेनिन छन् लेनिन अमर रहनेछन् ।
शोकमा डुब्यौं लिएर गयौं समाधिगृहमा
लेनिनको एक अंश शरीर ।
तर मक्किने छैन
न त हुनेछ माटो र खरानी
लेनिनको अति महत्वपूर्ण काम ।
मृत्यु, फ़्यांक आफ़्नो तरवार
तेरो हुकुम छ झुठ्ठा
आकाशको
केही बुतो चल्दैन अव ।
लेनिन थिए ,
लेनिन छन् , लेनिन अमर रहनेछन्
लेनिन बांचेका छन्
क्रेमलीनका पाइलाहरुद्धारा
पँजीको सिक्रीमा जकडिएकाहरुका नेता,
अमर रहनेछन्
र धरती पनि
गर्व राख्नेछिन् लेनिनको नामको
अझै संसारभरि विद्रोहहरु छिड्नेछन्
सवै आंधीवेहरीवाट कम्यूनको वाटो खुल्नेछ ।
लेनिन थिए, लेनिन छन्, लेनिन अमर रहने छन् ।
चिहानतर्फ लम्किएकी र मरणासन्न
कुप्रे बूढी मृत्युलाई सूचना :
लेनिन र मृत्यु
एक अर्काका बैरी
लेनिन र जीवन
साथीहरु
जब्बर हुंदै सन्ताप हटाउ
छातीले शोकको वाढी रोक
हामी
नगरौं सुंक्कसुंक्क
लेनिन थिए , लेनिन छन्,
लेनिन अमर रहनेछन्
लेनिन नजीकै छन्
ऊ यहाँ
लम्कनेछन्
र मर्नेछन् हामीसितै ।
जन्मनेछन् प्रत्येकको जन्मसितै
शक्तिझैं,
ज्ञानझैं
र ध्वजाझैं ।
धर्ती, पैतालामुनि थर्थर ।
चारै दिशातर्फ शब्दहरु
लगाऊ धुनचक्कर
लेनिन थिए , लेनिन छन् , लेनिन अमर रहने छन् !
लेनिनले पनि त कखहरावाटै शुरु गरेथे,
जीवन प्रतिभाको ज्यासल ।
सानै उमेरदेखि, तल्लै कक्षादेखि
उफ्र , लेनिनलाई भेट्टाउन
थरहरी हो, ए ! गगनचुम्बी दर्बार
सटहीको वजार, गर्नेछन् करुण चित्कार
लेनिन थिए, लेनिन छन् लेनिन अमर रहने छन् ।
लेनिन महान्भन्दा महानतम,
तर
यो चमत्कार पनि हो
सवै युगका शिशुहरुको सृजन ।
हामी समुदायका वच्चा हौं ।
मांशपेशीको गुन्टा कस
दन्त छुरी
ज्ञानमा धस !
लेनिन थिए, लेनिन छन्, लेनिन अमर रहनेछन् ।
बनाउँछ-विगार्छ, भत्काउंछ
र उखेल्छ,
हुँडेल्छ, बोल्छ, थामिन्छ र गर्जन्छ
युवा सैन्य :
लेनिनवादीहरुको ।
हामी नयां रगत शहरिया नसाका,
सौम्य देह, भावना जाल
तानको धागोझैं ।
लेनिन थिए, लेनिन छन्,
लेनिन अमर रहनेछन् !
— जय कार्की
Be the first to comment