मार्केजले फ्रागरेन्स अफ गाभा नामक कृतिमा साथीहरुसितको गफगाफकाक्रममा आफ्नो आत्मावृतान्तमा हाम्रो जीवनमा सँधै लागू भैरहने र ध्यान राखिरहनु पर्ने जीवन उपयोगी मिहिन पाराका घरायसी कुराहरु खुलस्त पारेका छन । यी महत्वपूर्ण विचारहरुलाई हाम्रो घर परिवार, साथीभाईहरु र समाजरुपान्तरणको कुनै पनि कडिमा लागू गर्नसक्यौं भने उच्च कोटीको समाजको विकास हुनसक्छ । उहाँले आफ्ना छोराछोरी, माता–पिता, हजुरबा, हजुर आमा र साथीहरुका विषयमा व्यक्त गरेका विचारहरु यस्ता छन् । यी विचारहरु पढ्दा पढ्दै हाम्रो जीवनमा पनि गहिरो छाप र प्रभाव पारिहाल्छ ।
छोराछोरीका विषयमा
मेरा बालबच्चाहरुसितको सवन्ध आश्चर्यजनकले राम्रो रह्यो र त्यसैगरी मेरा साथीहरुसित पनि । यस्तो क्षणहरु आएका थिए त्यतिखेर थकित थिएँं, गलित थिएंँ, दिक्दारीमा र ब्यस्त थिएँं । शुरुदेखि नै मैले मेरा बालबच्चाहरुको लागि संधै निकाल्थे उनिहरुसित वस्ने उनिहरुसित कुराकानी गर्ने समय । जव हाम्रो छोराछोरीले थाहा पाउने भए हामीले घरको समश्याहरुमाथि मिलिजुली छलफल ग¥यौं । हामी चारजनाले हरेक चिज मिलेरै जुटाएका हौंँ । म यसकारण गर्व गर्दिन कि म कुनै सिष्टमको अनुसरण गरिराखेको छु या यसकारणले कि मलाई यसो गर्नु उत्तम लाग्छ । कारण यो हो कि शुरुदेखि नै जब मेरा नानीहरु हुर्किदै थिए । मलाई के ज्ञान भयो भने मेरो अन्तरात्मामा पितृत्वको लागि मभित्र रुची छ । पिता हुनुमा मलाई आनन्द आउँछ । मेरो जीवनको सवैभन्दा उत्तेजनापूर्ण अनुभव भएको छ । र, म वास्तवमा यो संझन्छु कि मेरा नानीहरु मेरो किताबहरुभन्दा मेरो सवैभन्दा महान उपलब्धि हुन । उनिहरु हाम्रा साथीहरु जस्ता छन् तर यस्ता साथीहरु जस्लाई आफैले पालीपोषी हुर्काएकाछौं ।
आमाको विषयमाः
“मेरो आमासित मेरो सम्वन्ध सवैभन्दा विशेष शिशु अवस्थादेखि नै गंभीर प्रकृतिको रह्यो । संभवतः उनिसित मेरो जीवनको सबैभन्दा गंभीर सम्बन्ध हो । मलाई थाहा छ एउटा पनि यस्तो कुरा छैन जुन हामीले एक अर्कालाई नभनिएको होस । यस्तो कुनै बिषय छैन जस्मा हामीले कुराकानी गर्न नसकेको । तर, हाम्रो निकटता संधै नै एउटा पेशेवर औपचारिकता जस्तो रह्यो । न कि अन्तरङ्गंताको । यस विषयमा भन्न कठिन छ । तर कुरा यस्तै हो । शायद यस्तो यसकारण पनि भएको थियो कि जब म मेरो माता पितासित बस्न गएको थिएंँ । त्यतिखेरसम्म मेरा विषयमा म सोच्न सक्नेभैसकेको थिएंँ । उनिहरुका लागि म आउनुको अर्थ अरु बच्चाहरुमध्ये एउटा अर्को थपियो जस्तो लागेको हुनुपर्छ । जोसित घरायसी समश्या समाधानको लागि कुराकानी गर्न सकिन्छ र सहायता गर्छ । उनिहरुको जीवन कठिन र सम्मानविहीन थियो । कैयौं पटक भीषण गरिबीमा परेको थियो । यसभन्दा बाहेक हामी एउटै छतको मुनि लामो समयसम्म बस्न पाएनौ किनकि जव म १२ वर्षको भैसकेको थिएँ । पढ्नको लागि म पहिला बारानिका र पछि विद्यालयको छुटटीहरुको समयमा र त्यसपछि कार्टाजेना जाने गर्छु । त्यो पनि वर्ष दिनमा एकपटकभन्दा वढि कहिल्यै होइन । कहिले कहीं दुई हप्ताभन्दा बढि होइन । यसैकारणले हाम्रो सम्बन्ध टाढैको रहन गयो । यसले एउटा विशेष औपचारिकताको निर्माण पनि ग¥यो जसको कारणले हामी एक अर्कासित तब खुलस्त हुन पाउथ्यौँं जब गंभीर हुन्थ्याँ । तर गएको १२ वर्षदेखि जव मसंँग साधन छ । हरेक आईतवार एउटै समयमा म उहांलाई फोन गर्छु । चाहे संसारको जुनसुकै कुनामा भएपनि । निकै कम पटक मैले यसो गर्न पाईन । त्यो प्राविधिक खराबीको कारणले भएको थियो । यस्तो हैन कि म असल पुत्र हुंँ भनिन्छ म अरुभन्दा असल हैन तर म यसकारण यसो गर्छु कि मैले सँंधै सोचेको छु आइतवारका दिन फोन गर्नु हाम्रो सम्वन्धको गंभीरताको हिस्सा हो ।”
पिताको सम्बन्धमाः
“जब म ३३ वर्षको भएको थिएंँ त्यतिखेर मलाई अचानक आभास भयो । मेरा पिताजी पनि यति नै वर्षका थिए । जब मैले आफ्ना हजुरबा हजुरआमाको घरमा पहिलो पटक देखेको थिएँं । मलाई राम्ररी संझना छ त्यो दिन उनको जन्म दिन परेको थियो कसैले उहाँलाई भन्यो अव तपाईको उमेर इसामसिहको जत्ति नै भयो । सेतो ड्रिल सुट स्ट्र बोटर पहिरिएर बुद्धिमानी एवं मिजासिला ब्यक्ति देखिएका थिए । ३० को दशकको एउटा आदर्श क्यारेबियाई जेन्टलम्यान ।
मजाको कुरा त यो छ कि ऐले उहाँ ८० वर्षको हुनुभयो तर पनि स्वस्थ अवस्थामा हुनुहन्छ । म ऐले पनि उहाँलाई म त्यसरी हेरिरहेको छु ऐले जे अवस्थामा हुनुहुन्छ । मलाई त संँधै त्यस्तै देखिनु हुन्छ जब मैले पहिलो पटक मेरो मावली हजुरबाको घरमा देखेको थिएँं । भरखरै उहाँले आफ्नो एउटा साथीलाई भन्नु भएछ मलाई के लाग्छ भने शायद ती कुखुराहरुमध्ये एक यो हो, जो कुनै कुखुराको मद्दत बिना जन्मेको हुनुपर्छ । यो कुरा ठट्टामा भन्नु भएको थियो । उहाँको यो परिष्कृत ह्युमर शायद अलिकति उट्पटयांङ्ग कुराले भरिएको थियो । किनकि म संधै मेरो आमासित आफ्नो सम्बन्धको विषयमा कुरा गर्छु उहाँसित भने कहिलेकहिंँ । त्यो सही पनि हो । तर म उहाँको बारेमा यसकारण कुरा गर्दैन थिएँं कि वास्तवमा म उहाँलाई चिन्दिन थिएंँ । कमसेकम त्यति होइन जति आमालाई चिन्दछु । अब म यतिखेर आएर यस्तो भएको छ कि जब हामी दुवै एकै उमेरका भएका छौं र (म बेला मौकामा उहाँलाई भन्थे पनि) हामीहरुको बीचमा एउटा शान्त समझदारीको बिन्दु आईपुगेको छ । म यसवारेमा भन्न सक्छु जब म आठ वर्षको भएपछि मेरा माता पितासित बस्न गएको थिएंँ । मभित्र पहिलेबाटै पिताको एउटा बलियो छवि बनिसकेको थियो । मेरो पिताजी मेरो हजुरबाको उल्टो हुनुहुन्थ्यो । उहाँको व्यक्तित्व अधिकारको विषयमा उहाँको विचार र बालबच्चाहरुकोहरुसितकोे सम्वन्ध सवै एकदम फरक थियो । यो एकदम सहज लाग्यो कि उमेरमा अचानक आएको परिवर्तनवाट निकै प्रभावित भएँं । र, यसैकारण किसोरावस्थासम्म मलाई आफ्नो सम्वन्ध उहाँसित निकै कठिन लागेको हुनसक्छ । खासमा गल्ती मेरो थियो । उहाँसित मैले कस्तो ब्यवहार गर्नुपथ्र्यो । उहाँलाई कसरी खुशी पार्ने उहाँंको कठोर स्वभावलाई मैले गल्तीले समझदारीको कमी भएको लागेको थियो । यसो भएता पनि मेरो विचारमा हामीले यो सम्वन्धलाई सहज ढंगले पूरा ग¥यौं । किनकि हामीवीच कहिल्यै कुनै गंभीर झगडा भएन ।
अर्को पाटो, साहित्यप्रति मेरा रुचीको लागि म निकै हदसम्म उहाँप्रति आभारी छु, युवास्थामा उहाँ पनि कविता लेख्नु हुन्थ्यो र संधै लुकीछिपी होइन । र, आराकाटाकामा टेलिग्राफ अपरेटर हुनुहुन्थ्यो । उहाँ भायोलिन बजाउनुहुन्थ्यो । उहाँंलाई संधै साहित्य मन पथ्र्यो र उहाँ राम्रो पाठक हुनुहुन्थ्यो । जव हामी उहाँको घरमा जान्थ्यौ कहिल्यै पनि उहाँ काहाँ हुनुहुन्छ भनेर सोध्नु परेन हामीलाई थाहा हुन्थ्यो उहाँ आफ्नो शयनकक्षमा कुनै किताब पढिरहेको हुनुपर्छ ।”
मित्रहरुको विषयमाः
“मेरा केही मित्रहरु बाटैमा छुटे तर केही सबभन्दा महत्वका थिए अनेकौं उतार चढाउका वावजुद पनि यद्यपि हुनुहुन्छ । यो कुनै दुर्र्घटना होइन । जिन्दगीभरी मैले साथीहरुको रेखदेख गरिरहेँ । जस्तो कि कैयौं साक्षात्कारमा मैले भने उनिहरु मेरो व्यक्तित्वको हिस्सा हुन । मैले यो कुरालाई कहिले पनि बिर्सेको छैन कि आराकाटाको एउटा टेलिग्राफ अपरेटरको १६ वटा सन्तानमध्येको म एक हुँ । त्यसभन्दा बाहेक म केही होइन । गएको १५ वर्षदेखि जब सम्मान कुनै थाहै नदिई नचाहांँदा नचाहंँदै हात लाग्यो । त्यसपछि मेरा लागि सबभन्दा मुस्किल काम मेरा व्यक्तिगत जिन्दगीलाई जोगाई राख्न कठिन हुन गएको छ ।”
समाजको बदलिंदो आर्थिक,सामाजिक, साँस्कृतिक परिवर्तनको यो डिजिटल युगमा मार्केजका यिनै महत्वपूर्ण आदर्श भनाईले उहाँकोे वरीपरी हामी सबै पुस्तालाई गुरुत्वाकर्षणले झैं तानिरहेको अनुभव गर्छु म ।


Be the first to comment