उर्जा थप्ने र योजना निर्माण गर्ने अन्टुफको एक सार्थक गोष्ठी सम्पन्न- जय कार्की

 १३७ औं मजदुर दिवसको अवसरमा अन्टुफ केन्द्रीय कार्यालयले एक सार्थक बिचार गोष्ठीको आयोजना गरि बर्तमानको नेपाली ट्रेड युनियन आन्दोलनको कार्यदिशा तयार गर्न एकहदसम्म सफल भएको छ ।

मित्र युग पाठकले प्रस्तुत गर्नुभएको बैचारिक कार्यपत्रले बिगत, बर्तमान र आगतको नेपाली मजदुर आन्दोलनको राम्रो विश्लेषण गर्नु भएको छ । उनको कार्यपत्रले सामन्यतया नेपालको मजदुर आन्दोलनको बिद्यमान समस्या र अबको बाटोको बारेमा केही पक्षलाई विश्लेषण गरेर मोर्चागतरुपमा आग्रह गर्नुभएको छ ।

अहिलेको आबश्यकता यही नै हो; धक फुकाएर साझा समस्यामा एक जुट्भएर खुकुलो मोर्चा होइन बलिस्ठ र स्थायी मजदुर मोर्चा निर्माण गरि पेसागत समस्या समाधान र बर्तमानले चेतावनी गरिरहेको खतरापूर्ण संकेतलाई भ्रुणमै निषेध गर्नु नितान्त जल्दोबल्दो ट्रेड युनियनहरुको काम हो । मित्र युग पाठकले म्याक्रो लेवेलको समस्याको चिरफार राखिदिनु भएको छ, राम्रो छ ।

तर अब सम्बन्धित ट्रेड युनियन महासङहरुभित्र रहेका, देखिएका बिसङती, बिकृती र चरम अराजकताको एकदम मिहिन ढंगले खोजी खोजी समाधान गर्नु अत्यन्त आबश्यक देखिएको छ ।

त्यो सम्बन्धित ट्रेड युनियनहरुको प्रमुख चुनतिको काम हो ।

नत्र ट्रेड युनियनले सुगम बाटो अझै नलिने प्रष्ट छ । युनियनभित्रको आन्तरिक समस्याले नराम्ररी मुख बाईरहेको सबै महासंघहरुलाई थाहा छ । तर पनि डटेर निर्णायक भूमिका पूरा गर्न सकेका छैनन ।

अब पनि आलेटाले गरिरहे भने अरु क्रोनिक भएर जाने खतरा एकदम नजिकै छ ।

 

 

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*