लेनिनको १५६ जन्म दिवस र नेपाल कम्युनिस्ट पार्टीको ७७ स्थापना दिवसप्रति ऐक्यबद्धता

आज अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता , लेनिनवादका प्रतिपादक भ्लादीमिर इल्यिच लेनिनको १५६ जन्म दिवस र नेपाल कम्युनिस्ट पार्टीको ७७ आौं स्थापना दिवस हो । आजकै दिन अर्थात् सन १८७० अप्रिल २२ तारिखका दिन लेनिनको जन्म भएको थियो भने आजकै दिन  भारतको कोलकत्ता शहरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे ।
         आज संसारभरका सर्वहारा श्रमजीवी वर्ग तथा उत्पीडित जनसमुदायले महान् लेनिनको १५६ आौं जन्म दिवस धुमधामका साथ मनाउन गइरहेका छन् भने नेपाली सर्वहारा श्रमजीवी वर्ग एवं उत्पीडित जनसमुदायले नेपाल कम्युनिस्ट पार्टीको ७७ आौँ स्थापना दिवस भव्यताका साथ मनाउन गइरहेका छन् । 


        विश्वभर क्रियाशील क्रान्तिकारी लेखक , पत्रकार ,साहित्यकार एवं सांस्कृतिककर्मीहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पनि महान् लेनिनको १५६ जन्म दिवस र नेपाल कम्युनिस्ट पार्टीको ७७ स्थापना दिवसप्रति ऐक्यबद्धता जाहेर गर्दछ ।
        आज  यस ऐतिहासिक अवसरमा हामी  एकातिर महान् लेनिनले संश्लेषण गर्नु भएको विश्व साम्राज्यवाद र सर्वहारा वर्गबीचको भीषण वर्गसंघर्ष जारी छ , यसपरिस्थितिमा विश्वभरका सर्वहारा श्रमजीवी वर्ग एवं उत्पीडित राष्ट्र तथा जनसमुदायसंग विश्व सर्वहारा क्रान्तिमा लामबध्द हुनुको विकल्प छैन भने अर्कोतिर नेपालका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरु , सर्वहारा श्रमजीवी जनसमुदायसंग महान् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गरि वैज्ञानिक समाजवाद प्राप्तिका लागि कठिबध्द भएर अगाडि बढ्नुको विकल्प छैन भन्ने मान्यता राख्दछ । यसको प्राप्तिका निम्ति विश्वभर क्रियाशील क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरुले नयाँ प्रकारको कम्युनिस्ट अन्तर्राष्ट्रिय राष्ट्रियको निर्माण गर्न
 र देशभर छितरिएर रहेका माओवादी पार्टी र समुहहरु एकताबध्द भई नयाँ ढंगको क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टी निर्माण गरेर क्रान्तिको तयारीमा एकजुट हुन हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।
               क्रान्तिकारी अभिवादन सहित ।

मिति : २२ अप्रिल २०२६ 
      : ९ बैशाख २०८३ 

                                        ( हस्तबहादुर केसी ) 
                                                 अध्यक्ष 
                     अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*