हामी मई दिवस मनाउने छौं र जुलुश अवश्य निकाल्नेछौं-लेनिन

हामी मई दिवस मनाउने छौं र जुलुश अवश्य निकाल्नेछौं

  • लेनिन सन १९१८ को बसन्तमा अमेरिकाको कर्नेल रेमण्ड रबिन्स लेनिनसित भेट गर्न आए । कर्नेलले सोचेका थिए मई दिवस समारोहको सम्बन्धमा लेनिनलाई उपयुक्त परामर्श दिनु परेकोछ । मेरो विचारमा यो राम्रो हुनेछ, तपाईंहरुले परेडहरु र जुलुशहरुको आयोजना बन्द गर्नुहोला । उनले लेनिनसित भने । यसमा ठूलो खर्च आउँछ, अहिले रुस गरिबी र भोकमारीले छट्पटाई रहेको छ …..। ” निक्कै वर्षसम्म पहिलो मई दिवस हामीले हमेशा भावी क्रान्तिको नाममा जुलुश, प्रदर्शन मनायौं । अब सोभियत जनतन्त्र पहिलो पटक मइ दिवस त्यही क्रान्तिको नाममा मनाउँने छ जुन अब सम्पन्न भैसकेको छ । अहँ त्यसो हुनसक्तैन । हामी मई दिवस मनाउने छौं र जुलुश अवश्य निकाल्ने छौं । हुनसक्छ हामीमध्ये धेरैको नाङ्गो गोडा हुनसक्छ, तर पनि मई दिवसमा मार्चपास अवश्य गर्नेछौं ।” लेनिनले अतिथीलाई दृढताकासाथ उत्तर दिनु भयो । यथार्थमा जुलुसमा मार्च पास गर्नेहरुमध्ये धेरै जसो नाङ्गो गोडामा नै थिए । तर पनि यो पहिलो सोभियत पर्व असाधारणकोे थियो । यो उल्लासले भरिपूर्ण पनि थियो र विषादपूर्ण पनि । यो उनीहरुको पनि उत्सव थियो, जस्ले विजय प्राप्त गरेका थिए, र, यो उनिहरुको पनि उत्सव थियो, जस्ले विजयको दर्शन गर्नकोलागि जीवित रहन पाएका थिएनन् ।
  • Jaya Karki

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*