ANTUF चितवन जिल्ला समितिको बैठक सम्पन्न

……………………………….
अखिल नेपाल ट्रेड युनियन महासंघ चितवन जिल्ला समितिको बैठक कमरेड यदुमणी कडेलको अध्यक्षतामा तथा पार्टि केन्द्रिय सदस्य तथा कमाण्ड इन्चार्ज कमरेड इस्वरी भट्टराईको प्रमुख आतिथ्यता, पार्टी केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज घनश्याम दाहालको विशेष आतिथ्यतामा महत्वपुर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न गरेको छ।
बैठकमा चितवन पार्टी सम्योजक रामचन्द्र अधिकारी, महासंघ उपाध्यक्ष तथा बाग्मती प्रदेस इन्चार्ज सोम तामाङ, जिल्ला पार्टी सचिब द्रोण सापकोटा, प्रदेस अध्यक्ष सत्यमान लामा (मिलन), उपाध्यक्ष यदुमणी कडेल, होटल मजदुर संघका वरिष्ठ उपाध्यक्ष मिलन मल्ल, प्रदेस सचिब लिला कुमार श्रेष्ठ, औद्योगिकको महासचिव कृष्ण रेग्मी, पेट्रोलियमको महासचिब सनद श्रेष्ठ, होटलका केन्द्रिय सचिब राम कुमार वाग्ले लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो।
चितवनमा कार्यक्षेत्रको जिम्मेवारी पाउनुहुने प्रदेस कमिटि सदस्य बैठकमा समेत उपस्थिती रहेको उक्त बैठकमा विभिन्न घटकका प्रतिनिधिमुलक उपस्थिती रहेको थियो। बैठकले पुष्कर भन्डारिको संयोजकत्वमा र नबराज लामिछानेको सहसम्योजत्वमा २७ सदस्यिय भेला आयोजक कमिटी गठन गरेको छ।
असोज २५ गते भित्र भेला गरिसक्ने गरि निर्णय गर्दै चितवन पार्टि, महासंघले मजबुत एकताको सन्देस दिएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*