अंटुफ़को बैठक सम्पन्न, १३५ औँ मई दिवस विविध कार्यक्रमकासाथ देशव्यापीरूपमा मनाउने निर्णय-
…
मिती २०८० चैत्र ७, ८ र २१ गतेका दिन अखिल नेपाल ट्रेडयुनियन महासंघ (अंटुफ़) पदाधिकारीको बैठक महासंघका अध्यक्ष जगतबहादुर सिंमखडाको अध्यक्षतामा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायि समिति सदस्य तथा फ्याक्सन ईन्चार्ज जयपुरि घर्तिमगरको आतिथ्यतामा बैठक बस्यो ।
बैठकले मई दिवसबारे देहाय बमोजिम निर्णय गरेको छ –
– १३५ औं अंतराष्ट्रीय मई दिवसलाई संर्घषको रुपमा मनाउने निर्णय गरेको छः जसअनुसार
क. पोष्टर र पर्चा प्रकाशन गर्ने ।ख. सामाजिक संजालहरुमा विभिन्न तरिका रचनात्मक र सन्देशमुलक रुपमा प्रचार तथा प्रसार गर्ने ।ग. सम्भावना भएसम्म देशैभरी रक्क्तदान कार्यक्रम आयोज़ना गर्ने ।घ. हाजिरी जवाफ, खेलकुद लगायतका क्रियाकलापहरु गर्ने ।ङ. श्रम ऐन, सामाजिक सुरक्षा र श्रमिक आंदोलनबारे अन्तरक्रिया कार्यक्रम गर्ने ।च. काठमाण्डौंमा महासंघले केन्द्रीय स्तरको कार्यक्रम पेरिसडाँडा कार्यालयमा गर्ने,साथै प्रदेश स्तरमा प्रदेश कमिटिको आयोजनामा र जिल्लाहरुमा जिल्ला कमिटिको आयोजनामा कार्यक्रम गर्ने ।– विविधः बैठकको अध्यक्ष जगत सिंखडाले बैठकमा गरिएका निर्णयहरु अक्षरस कार्यान्वयन गर्न तथा गराउन निर्देशन सहित यस बैठकलाई सौहाद्रपूर्णरुपमा बैठक समापन गर्नुभयो्
Be the first to comment