नेकपाको संयोजक एवं पुर्व प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्युले नेकपा बाग्मती प्रदेश ईन्चार्ज गंगालाल तुलाधर, पुर्व गृहमन्त्री शक्ति बस्नेत, पुर्व मन्त्री माननीय हित बहादुर तामाङ, पुर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल,बाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल,
पुर्व मन्त्री एवं बाग्मती प्रदेश सभा सदस्य माननीय राधिका तामाङ, माननीय राम प्रसाद ढुंगाना, अखिल नेपाल ट्रेड युनियन महासङ अध्यक्ष जगत सिम्खडा , उपाध्यक्ष सोम तामाङ , कोषाद्यक्ष धनु दाहाल , युवा इन्चार्ज राजेन्द्र न्यौपाने , युवा कमिटीका उपाध्यक्ष राजु ओझा लगायत नुवाकोट र रसुवा जिल्लास्तरको नेताहरु, नुवाकोट जिल्ला समन्वय समिति प्रमुख स्थानीय तहको प्रमुख उपप्रमुख तथा जनप्रतिनिधिहरु
\लगायतको समउपस्थितिमा भोटेकोशी त्रिशूली नदिमा आएको हिमाली विपत्ति बाढीको कारण प्रभावित क्षेत्र बेलकोटगढी ७ र ८, विदुर न.पाको देविघाट, ढुंगे, भैसेँ, भैसेँ वाट पारि टुप्चे, बेत्रावती क्षेत्रमा अवलोकन निरिक्षण गर्नु भयो ।
अवलोकनको क्रममा बेलकोटगढी न.पा, विदुर न.पा भित्र रहेको होल्डिङ सेन्टरमा गई पिडित भएर विस्थापित परिवारहरु संग भेटघाट गरी यथार्थ स्थितिको बारेमा रिपोर्ट लिनुभयो। साथै जिल्ला समन्वय समितिको हलमा सर्वदलीय र प्रभावित स्थानीय तहको प्रमुख उपप्रमुखहरु संग छलफल पनि गर्नुभयो ।
- Rajendra Neupane, Nuwakot.








Be the first to comment