पोखरा । अखिल नेपाल औधोगिक मजदुर संघ गण्डकी प्रदेश समितिले श्रमजीवी मजदुरको पारिश्रमिक बृद्धिका लागि दबाबमुलक कार्यक्रमहरु गरेको छ ।
औधोगिक मजदुरको गण्डकी प्रदेश समितिले कास्कीकोे पोखरास्थित औधोगिक क्षेत्रमा आयोजना गरेको कार्यक्रममा प्रदर्शित कालो व्यानरमा मजदुरको न्यूनतम पारिश्रमिक ३० हजार हुनुपर्ने लगायतका मागहरु राखिएका थिए ।
उक्त कार्यक्रममा गतअसार २० गते बुधबार अन्टुफ गण्डकीका अध्यक्ष रुद्र गौतम, उपाध्यक्ष भोजराज खत्री साथै औधोगिक मजदुरको गण्डकी प्रदेश अध्यक्ष तिर्थ अधिकारी, अन्टुफ केन्द्रीय सदस्य नवीना घिमिरे लगायतका उपस्थितिमा सम्पन्न भएको थियो ।
यसैगरी गण्डकी प्रदेशकै नवलपुर जिल्लामा कार्यरत अखिल नेपाल औद्योगिक मजदुर संघ इकाई समिति सी.जी.आई.पी.ले पनि बेतन बृद्धिको माग राखेर प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
सी.जी.आई.पी.ले आयोजना गरेको कार्यक्रममा अन्टुफ केन्द्रीय सदस्य श्रीभक्त विक, अन्टुफ प्रदेश सहसचिव तथा नवलपुरका अध्यक्ष सानुकाजी डंगोल, अन्टुफ गण्डकी प्रदेश सदस्य शीव चापागाईं लगायतको नेतृत्वमा पारिश्रमिक बृद्धिको माग राखेर कार्यक्रम गरिएको हो ।
Be the first to comment