आज अन्टुफ सचिवालयको बैठक इन्चार्ज जयपुरी घर्ति र अध्यक्ष जगत सिम्खडाको उपस्थितिमा बस्यो ।
१.बैठकले फागुन ११ गतेका दिन यस अघि झैं विभिन्न कार्यक्रमको आयोजना गरी बेपत्ता तथा शहीद परिवारलाई सम्मान गर्दै देशब्यापीरुपमा मजदुर बलिदान दिबस कार्यक्रम आयोजना गर्ने भएको छ ।२. अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मार्च आठको कार्यक्रम देशव्यापीरुपमा गोष्ठि, श्रमिक महिला मैत्री नीति निर्माणको खाका तयार गर्न बृहत अन्तरक्रिया कार्यक्रम, ज्ञापनपत्र, पत्रकार सम्मेलन र आठ मार्चको दिन भव्यरुपमा जुलश र सभा गर्ने निर्णय गरेको छ३. नेपालमा आयोजना गरिएको विश्व सामाजिक मन्च (World Social Forum) कार्यक्रमलाई सफल पार्न सहयोग र समर्थन गर्दै सोही अवसरमा अन्टुफले गोष्ठीको समेत आयोजना गर्ने भएको छ, सो कार्यक्रमा विश्वका विभिन्न मजदुर महासंघहरुको समेत सहभागिता रहनेछ ।४. नेकपा माओवादी केन्द्रले यही फागुन एक गते महान जनयुद्धको दिवसका दिनबाट ३ दिनसम्म आयोजना गरेको विधान अधिवेशनकालागि प्रस्तुत गरेको मस्यौदा विधानमाथि छलफल गर्दै सर्बसम्मत सुझावहरु पनि अनुमोदन गरेको छ ।
Be the first to comment