हिजो अन्तर्राष्ट्रिय अप्रवासी श्रमिक दिवस । सबैतिर अप्रवासीहरुको अधिकार, सुरक्षा र सम्मानजनक कामको शुनिश्चितताको मागगर्दै मनाएका छन । सार्क मुलुकमध्येको बंगलादेश पनि अकुशल श्रमिकहरु पठाउने देशभित्र पर्दछ ।
दुई बर्षअघि सो देशमा माईग्रेन्टसका अधिकारका विषयमा अन्तर्राष्ट्रिय गोष्ठी भएको थियो । सो गोष्ठीको एउटा विषय थियो आप्रवासी समश्याका कारण देशभित्र र देश बाहिर धर्म र संस्कृतिमा पार्ने प्रभाव । यस विषयलाई अन्तर्राष्ट्रिय जगतबाट भाग लिन आएका प्रतिनिधिहरुलाई ढाका विश्व विद्यालयका सँस्कृति विभागले रोजगारीका लागि विदेशिएका श्रमिकहरुका घर परिवार र राष्ट्रलाई समेत पारेको बहुआयामिक प्रभावका बारेमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरी प्रकाश पार्न खोजेको थियो । .
गीति नाटक विहे लगतै श्रीमतिलाई घरैमा छोडेर रोजगारीका लागि विदेशिन बाध्ये भएका श्रमिकको कथामा आधारित थियो । कथाले भन्थ्यो विदेशमा न पति खुशी थियोे न त घरमा नवविवाहित श्रीमति ।
संगसंगै विदेशिएका श्रमिकहरु जसोतसो घर फर्किए तर उनको श्रीमान फर्किएनन् । केही दिनपछि कफिनको बन्द बाकसमा आएको खबर सुनेपछिको सिंगो घरपरिवारको अवस्थाले आम दर्शकदीर्घा शोकमग्न भएका थिए । कथा यस्तै यस्तै थियो ।
यो साँस्कृतिक कार्यक्रम बंगलादेश के थियो, के हो र अबको गन्तब्य के हो भनि प्रस्तुत गर्न सफल थियो ।
सन १९७२ पछि एउटा छुट्टै देश बनेको बंगलादेशको केही पक्ष निकै सबल लाग्यो भाषा, संस्कृति, राष्ट,राष्ट्रियता र आफनो भेषभुषाप्रतिको गर्व र त्यसलाई समयानुकुलको परिमार्जन ।
अझ पत्याउँनै नसकिने पक्ष त के भयो भने भारतीय भूमीमा प्रवेश अनुमति नपाएका पाकिस्तानी मित्र थाईल्याण्ड हुँदै बल्ल बंगलादेशको कार्यक्रममा भाग लिन आएका थिए ।
भारतीय प्रतिनिधिहरुको संख्या निकै ठूलो थियो तर पाकिस्तानको एकजनामात्र । भारतीय र पाकिस्तानीहरुवीचको घनिष्ठता हेर्दा यस्तो लाग्थ्यो भारतीय मिडिया भूठो प्रचार र युद्ध जन्माउने खतरणाक यन्त्र सिवाय अरु केही होईनन् । उनीहरुले आपसमा रुम शेयर गरेका थिए । धेरै दिनपछि भेट भएको परिवार जस्तो हस्सि, मजाक, ठट्टा गरेर सबैलाई चकित पारेका थिए । एक आपसमा सल्लाह गरी गरी सभामा आाफनो विषय प्रस्तुत गर्दथे । भारतीय शर्माहरु र पाकिस्तानी खान जोर्डनकी महिला प्रतिनिधिसित उत्तिक्कै गफ्फिई रहेका थिए । विदा हुने बेलामा पनि पाकिस्तानी खान आलिङ्गन गरी रुँदै थियो भने शर्माजी फेरी दिल्लीमा हुने कार्यक्रममा भेट्ने छौं भनि आँसु खसाल्दै आश्वासन दिँदै थिए । जनताहरुका वीचमा जति ठूलो घनिष्ठता, सत्ताधारीहरुकावीचमा त्यत्तिनै ठूलो दुस्मनी ।
- December 19, 2016
Be the first to comment