३० असार ०८०, काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश समितिले विशेष कार्यक्रमको आयोजना गरेर पार्टीका केन्द्रीय सल्लाहकार दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
शनिबार विशेष प्रदेश समितिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम आयोजना गरेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दिवंगत जीवनसंगिनी सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड लगायत परिवारजनमा समवेदना प्रकट गरेको हो ।
उक्त श्रद्धाञ्जली कार्यक्रम नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव लिलामणि पोखरेलको प्रमुख उपस्थितिमा विशेष प्रदेश समितिका अध्यक्ष जगत सिम्खडाको अध्यक्षता साथै सचिव कमल सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Be the first to comment