कलाले मानिसहरूलाई राम्रोसँग सिकाउन सक्छ…नादेझ्दा क्रुप्सकाया

यथार्थवादी कलाको बारेमा नादेझ्दा क्रुप्सकायाको विचार

लेनिनको जीवन संगिनी तथा सोभियत कम्युनिष्ट नेत्रृ नादेझ्दा क्रुप्सकायाले सन १८६९–१९३९) आफ्नो जीवन श्रमिक जनताको सुख, साम्यवादको संघर्षमा समर्पित गर्नु भयो । विज्ञान शिक्षण, सोभियत विद्यालयको निर्माण, नयाँ सिद्धान्तहरूमा आधारित शिक्षा प्रणालीको गठन जस्ता जटिल चुनौतीहरूलाई उहाँले धेरै प्रयास र ऊर्जा प्रदान गर्नुभयो ।
यसलाई सोभियत संघमा समाजवादको सफल निर्माणको लागि आवश्यक अवस्थामध्ये एक धरोधरको रूपमा चित्रण गरिएको छ ।
लेनिनले क्रुप्स्कायाको शैक्षिक गतिविधिको उच्च मूल्याँकन गर्नुभएको छ ।
नादेझ्दा क्रुप्सकाया सोभियत शिक्षाशास्त्रको संस्थापकमध्ये एक मानिनु हुन्छ । उहाँको शैक्षिक विचार, सुझाव आज पनि त्यत्तिक्कै मत्वपूर्ण रहेकोछ । एक प्रतिभाशाली शिक्षकको रूपमा, माक्र्सवादी क्रुप्स्कायाले धेरै टाढासम्म देख्न सक्षम हुनुहुन्थ्यो । र, सोभियत संघको जीवनको प्रारम्भमा जन्मेका उहाँका धेरै विचारहरूले ठूलो प्रभाव पारेको थियो ।
ज्ञातब्य नै छ नादेझ्दा क्रुप्सकाया ललित कलाको पनि एक सक्रिय प्रवद्र्धक हुनुहुन्थ्यो । यो युवा पुस्ताको कम्युनिस्ट शिक्षाको एक शक्तिशाली माध्यमको रूपमा प्रष्फुटन भएको विचार थियो । र,विकास गर्नु भएको थियो ।
क्रुपस्कायाका अनुसार, कलाले मानिसहरूलाई राम्रोसँग सिकाउन सक्छ, एकअर्कालाई गहिरोसंग बुझ्न र बुझाउन सक्छ, । अरूको भावनालाई अनुभव गर्न सक्छ, बुझ्दछ, र पारस्परिक समझको क्षमता र बालबच्चाहरूमा सामूहिकताको गठनको लागि आवश्यक पूर्व शर्तहरू मध्ये एक पनि हो । उहाँ विशेष गरी ललित कलामा पारंगत भएकोले यसमा सामेल र अघि बढाउन लागि सबैभन्दा ठूलो संख्यामा शिष्यहरुको खोजी गर्नुभयो । क्रुप्सकाया सोभियत सत्ताको पहिलो शिक्षामन्त्री पनि हुनुहुन्थ्यो ।
  • From Nadezhda Krupskaya in Soviet Art

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*