गीत
झुक्तैन मजदुर शक्ति झुक्तैन
धर पकड गर्दैमा झुक्तैन !
अमानबिय शोषण, दमन र अत्याचारका
सामु झुक्तैन !!माग पुरा नभएसम्म युनियनले संघर्श छोड्दैन
तिम्रा काला कर्तुत सबै उदाङो नपारी अब छोड्दैन
पछि हट्तैन हट्तैन
मजदुर अब पछि हट्तैनपुलिसले आतंक मच्चाउदैमा प्रशासनले धम्क्याउदैमा
धर्नामा बसेका मजदुरलाई बिल्लिबाठ बनाई धर पकड गर्दैमा
मैदान छोडी भाग्दैन भाग्दैन !
जारी छ, जारी छ हाम्रो संघर्श जारी छ !
माग पुरा नगरेसम्म जारी छ
गुम्नु पर्ने गुमिसक्यो अब गुमाउन केही छैन
माग पुरा नगरेसम्म हाम्रो आन्दोलन अब रोकिदैन
हो साथी हो
आन्दोलनकारी साथी हो
अब आन्दोलन रोकिदैन ।जितियो भने हाम्रालागि सिङ्गो संसार नै छ।
हारिम भने क्रान्तिको अर्को ठुलो मोर्चा खोलिन्छ ।
अर्को मोर्चा खोलिन्छ
अर्को मोर्चा खोलिन्छ साथी
तिमी दमनकारी अत्याचारीको हामी दिन गन्ती गर्दैछौं
धेरै साखुल्ले नपल्टे हुन्छ धुलो चटाई छाड्छौ ।धुलो चटाई छाड्छौ
धुलो चटाई छाड्छौ साथीआन्दोलनमा हार र जीतको अनेक घुम्ती आएपनि
निरास हुन्हुन्न कामरेड
प्रतिकृयाबादी, दुष्ट-अत्याचरी मजदुरमारालाई
छोड्नु हुन्न कामरेड
छोड्नु हुन्न कामरेड
छोड्नु हुन्न कामरेड ।……..
– जय कार्की
कार्तिक २३ गते २०८१ साल
जोरपाटी, काठमाण्डौ
Be the first to comment