बर्ग-उदेश्य बिस्मृत हुँदै गएका:चिसा मुढाहरु हत्तपत्त बल्दैनन्यता फर्काए पनि उता फर्काए पनियत्नहरु त्यसै खेर गईरहेका छन्आखिर चिसो मुढो न ठहरियो ।
गल लाए पनि बल लाएपनिघच्घच्याए पनि चिमोटे पनित्यसको गैंडे बोक्रा ताछेपनिचाम्रिएको मुढोलेन ऐया गर्छ न त आत्था भन्छ ।चिसो मुढो चिसो नै ठहरियोन त्यसलाई समयको पत्तो छन त्यसमा इच्छा शक्ति छबन्चरेले जाहाँ ढालेको थियोजतातिर पछारेको थियोत्यहीं पछारिएकै छ ।मुढोलाईदन्दन्ति बालेरचिसोबाट कठाँग्रिएकालाईतातो राप दिने सपना अधुरो नै रहने भोअब जुक्ति फेर्नुपर्छमुढाहरुलाई बलिष्ठ बन्चरे लगाईचिरचार पारीसुकाउँनै पर्छमाया ममता नराखीटुक्राटुक्रा पारी सुकाएरदन्दनी बाल्नै पर्छ ।चिसोबाट कठाँग्रिएकालाईन्यानो राप दिनैपर्छ ।चिसो मुढोलाई डढाउँनेजुक्ति झिक्नै पर्छ ।स्वाँ स्वाँ सास फेर्दैयत्रतत्र ढलिरहेका सुतुवामुढाहरुलाई आगो झोसेरहोसमा ल्याउनै पर्छ,आगो झोसेर ब्युँझाउनै पर्छ ।।
कार्तिक २३ गते २०८० सालजय कार्कीजोरपाटी काठमाण्डौ
Be the first to comment