अखिल नेपाल यातायात मजदुर संघ मधेश प्रदेश अन्तर्गत रौतहट जिल्ला समितिले रसुवाबाढीमा प्रभावित नागरिकहरूलाई खाद्यान्न तरकारी मेडिसिन किट लगायत महत्त्वपूर्ण सामग्रीहरू राहत सहयोग गरेको छ ।
नागरिकहरु दुःखमा विपदमा पीडामा रहँदा हार्दिकतापूर्ण सहयोग गर्ने मानवीय धर्म हो र श्रमजीवी वर्गको कर्तव्य पनि हो।
यो महान कार्यको लागि रौतहट जिल्ला समितिलाई हार्दिक धन्यवाद व्यक्त गर्दै देशैभरिका संगठनका सदस्यहरू तथा इकाई जिल्ला प्रदेश कमिटीहरूलाई सक्दो राहत सहयोग पुर्याउन हार्दिक अनुरोध गर्दछु।
- अध्यक्ष दीपक केसी


Be the first to comment