नगन्य लाग्ने मतभेदहरुबाट कहिले कहिं निक्कै ठूला विवाद उत्पन्न हुनसक्छन्-

” धेरैले कुरा बुझेकै छन् निक्कै साना, यहाँसम्म कि शुरुमा नगन्य लाग्ने मतभेदहरुबाट कहिले कहिं निक्कै ठूला विवाद उत्पन्न हुनसक्छन् । सबैले थाहा पाएकै छन्– एउटा साधारण घाउ यहाँसम्म कि एउटा खोस्रेटो (शरीरमा केही बस्तुले कोरेको ठाउँ) जो कसैले जीवनमा दसौं पटक व्यहोर्नु परेको हुनसक्छ,, त्यो कहिले कहिं निक्कै खतरणाक बन्न सक्छ र यदि त्यो कुहिन लाग्यो भने, यदि रगतमा बिख उत्पन्न हुन थाल्यो भने त्यो घातक पनि हुनसक्छ । यही कुरो सबै झगडाहरुमा, शुद्धरुपमा व्यक्तिगत झगडाहरुमा हुनसक्तछ । यो कुरा राजनीतिमा पनि लागू हुन्छ ।
हरेक मतभेद, यहाँसम्म कि गन्तिमा नआएका मतभेद पनि, राजनीतिक दृष्टिले खतरणाक बन्न सक्छन्, यदि त्यो बढेर फुट, यस्तो फुट बन्ने संभावना हुनसक्छ, जस्ले सम्पूर्ण राजनीतिक ढाँचालाई उलटपुलट गर्ने र बर्वाद गर्ने तिर उन्मुख हुन्छ, साथी बुखारिनको कथनअनुसार ट्रेनलाई दुर्घटना तर्फ लैजान्छ ।”

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*