नेकपा तेह्रथुमका रणध्वज कन्दङ्वा लिम्बू समावेशी विकास र सुशासनको प्रतिबद्धता
को हुन् नेकपा तेह्रथुमका रणध्वज कन्दङ्वा लिम्बू
तेह्रथुम । आगामी २०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तेह्रथुमबाट रणध्वज कन्दङ्वा लिम्बूलाई प्रत्यक्ष उम्मेदवार बनाएको छ। तारा चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका लिम्बू तेह्रथुमका स्थापित राजनीतिक हस्तीका रूपमा परिचित छन्।
समुदायको प्रतिनिधित्व गर्दै लामो समयदेखि राजनीतिक र सामाजिक आन्दोलनमा सक्रिय रहेका कन्दङ्वा स्थानीय मुद्दा बुझ्ने, जनमुखी र स्वच्छ छविका नेताका रूपमा चिनिन्छन्।
२०१५ साल चैत्र मा २१ गते तेह्रथुममा जन्मिएका लिम्बूको आधारभूत शिक्षा हासिल गरेका लिम्बू युवावस्थादेखि नै राजनीतिक चेतनासँग जोडिएका थिए ।
उनी आफ्नो जन्मभूमि तेह्रथुमको माटो, वनजंगल र खोलानालासँग भावनात्मक रूपमा जोडिएको बताउनुहुन्छ।
२०२९ सालमा झापामा भएको झापा आन्दोलन बाट प्रभावित हुँदै लिम्बू कम्युनिस्ट विचारधारामा आबद्ध भए । २०३४ साल मंसिरबाट क्याम्पसको विद्यार्थी संगठनमा सक्रिय भई राजनीतिक यात्रा सुरु गरेका उनले अनेरास्ववियु हुँदै नेकपा माले र त्यसपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा लामो समय सक्रिय रहेर पार्टीको जिल्ला सदस्य, जिल्ला सचिव, अञ्चल सदस्य, अञ्चल सचिव हुँदै दुई कार्यकाल एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए ,
२०७० सालमा संघीय समाजवादी पार्टीको केन्द्रीय अनुशासन समितिको सभापति हुँदै संघीय समाजवादी फोरम नेपालको महासचिव तथा केन्द्रीय कार्यालय प्रमुखको भूमिका समेत निर्वाह गरे ।
२०७७ सालपछि जनता समाजवादी पार्टीमा प्रदेश नं १ इन्चार्ज, केन्द्रीय पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुख र पछि केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। अहिले उनी हाल पुनः नेपाली कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्यको जिम्मेवारीमा सक्रिय राजनीतिमा छन् ।
कन्दङ्वाले संविधानले व्यवस्था गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भूमिकाबारे स्पष्ट धारणा राख्दै विकास निर्माण कार्यपालिकाको क्षेत्र भए पनि प्रभावकारी नीति निर्माण नहुँदा विकासमा समस्या देखिएको बताउँछन् ।
तेह्रथुमको स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ।
२०८२ निर्वाचनमा सुशासन र भ्रष्टाचार नियन्त्रण उत्पादन वृद्धि र रोजगारी सिर्जना युवा पलायन रोक्ने नीति आत्मनिर्भर अर्थतन्त्र निर्माण
लिम्बू समुदायको अधिकार संरक्षण स्थानीय स्रोत–साधनमा आधारित विकास स्थानीय विश्लेषकहरूका अनुसार लिम्बू समुदायमा बलियो आधार, लामो राजनीतिक अनुभव र पार्टीको एकताबद्ध प्रयासका कारण तेह्रथुममा नेकपाको जितको अवस्था थप बलियो देखिन्छ ।
लामो राजनीतिक यात्रामा कुनै ठूला विवादमा नमुछिएका कन्दङ्वा समाजसेवामा समेत सक्रिय छन् उनी तेह्रथुमको मात्र नभई समग्र लिम्बू समुदायको आवाजका रूपमा चिनिन्छन् ।
कन्दङ्वाको उम्मेदवारीलाई तेह्रथुममा समावेशी विकास, सामाजिक न्याय र नीतिगत सुदृढीकरणको अभियानसँग जोडेर हेरिएको छ।


Be the first to comment