पास्टर मार्टिन नियमोलरको कविता-जय कार्की

संगठित नभएको खण्डमा कसरी सबैको एउटै चिहान हुनजान्छ । अरुलाई संकट आईपरेको बेलामा चुपचाप बस्ता के परिणाम निस्कन्छ ? कुनै पनि क्रुरतम अत्याचारका विरुद्धमा एकजुट भई विरोध गर्नुपर्ने अवस्थामा पनि मभन्दा अलग समूह वा जातको हो, म त सुरक्षित छँदैछु भनि मुखमा ताल्चा मारेर बसेको खण्डमा आफ्नो पनि अन्तत अरुको जस्तै त्यही हबिगत त्यस्तै मरण हुुनजान्छ । यो कविताले यही दर्साउँछ ।
दक्षिण अफ्रिका केपटाउनका रंगभेद विरोधी लडाकु तथा मानव अधिकारवादी आर्कबिशप डेसमन्ट टुटुले स्पष्ट शब्दमा भन्नु भएको छ “यदि अन्याय परेको बेलामा तपाई चुपचाप वा निष्पक्ष भएर बस्नु भयो भने तपाईले अन्यायको पक्ष लिएको ठहरिन्छ ।” यस्तै भाव बोकेको पास्टर नियमोलरको योे शन्देश सबैको लागि निकै ब्यवहारोपयोगी लागेकोले प्रस्तुत गरिएको छ । कवि नियमोलर हिटलरको नाजीवादी सत्ताको शुरुमा पक्षधर हुनुहुन्थ्यो तर जब नाजीहरुको नरसंहार बढ्दै गयो अत्याचारले सीमा पार गर्न थाल्यो । त्यसपछि उहाँ कट्टर विरोधमा उत्रनु भयो । उहाँ स्वयं नाजीहरुद्धारा हदैसम्म प्रताडित हुनुभएको थियो । उहाँको कविता यसप्रकार रहेको छ ।
पास्टर मार्टिन नियमोलरको कविता
शुरुमा तिनीहरु यहुदीहरुलाई लिन आए
उनीहरुका लागि मैले बिरोध गरिन
किनकी म यहुदी थिईंन
त्यसपछि उनीहरु कम्युनिष्टहरुलाई लिन
आए मैले उनीहरुको बिरोध गरिन
किनकी म कम्युनिष्ट थिईंन
त्यसपछि तिनीह्रु टे«ड युनियनहरुका लागि आए
तर पनि मैले बिरोध गरिन
तिनीहरु क्याथोलिकहरुका लागि आए
मैले विरोध गरिन किनकी म प्र्रोटेष्टेण्ट थिएँ
त्यसपछि तिनीहरु मलाई लिन आए
अब त्यहाँ कोही पनि बाँकी थिएनन
मेरा खातिर बोलि दिने !!!
-भाषानुवादः जय कार्की

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*