प्रधानमन्त्रीद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

उदयपुर, २० माघ : प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ ।

उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उहाँले उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो ।

प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताउनुभयो । आफूले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उहाँले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताउनुभयो ।

उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो ।

 

 

 

2 Comments

  1. असिम धन्यवाद सम्मानित प्रधानमन्त्रीज्यू! उघाेग ब्यवसायलाई प्राथमिकता दिई स्वदेशमै राेजगारी श्रृजना गरि आत्मनिर्भरतामा देश अगाडि बढाउनु आजकाे अपरीहार्य आवश्यता हाे । अर्काे पक्ष – शिक्षालाई राेजगारीसंग जाेडाएर युवा पलायन राेक्न लड्काराे कदम चलाउनु पर्याे।

Leave a Reply

Your email address will not be published.


*