नेपाल टेलिकममा धर्नारत अखिल नेपाल सरसफाई मजदुर संघको अध्यक्ष तथा अण्टुफ महासङको कोशाध्यकक्ष सहितको धर्नामा बसेका मजदुरहरुमाथी ब्यापक प्रहरी हस्तक्षेप गरि निर्मम कुटपिट गरि अंगभङ्ग हुने गरि दमन गर्दा कैयौं मजदुर अस्पतालमा उपचारमा रहेका छन । यो दमनचक्र तत्काल अन्त्य गरि घाइतेको उपचारको माग गर्दै दमनकारी अत्याचारी प्रमुखको नेतृत्व गरिरहेको प्रहरीलाई तत्काल कार्बाही गर्न अन्तुफ महासङ अध्यक्ष जगत सिम्खडाले माग गरेका छन !
घाइते श्रमिकहरुको अवस्थाको हेर बिचार गर्न ऐक्यबद्धता जनाउन तत्कालै पुर्बगृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका बरिस्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अस्पताल पुग्नु भएको छ । प्रहरीको ठुलो जत्थाले अन्धाधुन्द लाठी चार्ज गर्दा धनु दाहाल र टेलिकम युनियनकि अध्यक्ष लगायत १६ जना मज्दुर गम्भीर घाइते भएको अन्टुफ अध्यक्ष जगत सिम्ख्डाले बताएका छन !
स्मरणीय के छ भने गत बर्ष यही कम्पनीमा त्यही स्थानमा टेलिकमका मजदुरहरु लगभग ५ महिना सम्म धर्नामा बसेका थिए ! निबर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मजदुरमाथी कहिल्यै प्रहरी दमन गर्न आदेस गरेका थिएनन ! भलै उनले यो माग सन्चार मन्त्रालयको भएकोले मजदुरको माग सम्बन्धित बिभाग र मन्त्रीले गर्ने हो भनी धर पकड दमन भने एकरत्ति पनि गरेनन् ! अहिलेको ओलि सरकार को गृहमन्त्रीले १६ जना मज्दुर नेतालाई ज्यान मार्ने गरि प्रहरी दमन गराएका छन ! २९ जना बर्खास्तमा परेका मजदुरलाई न्याय दिनुपर्नेमा
उल्टो दमन चक्र चलाएकोमा आम जनता तथा ट्रेड युनियनहरु आक्रोशित बनेका छन ! घाइते तथा अङ्ग भंग भएका मजदुरहरुको हालत यस्तो छ-
Be the first to comment