प्रेस विज्ञप्ति: न्यायपूर्ण संघर्षको पक्षमा दृढ ऐक्यबद्धता जाहेर गर्दछौँ

प्रेस विज्ञप्ति

हामी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघको लघुवित्तीय संस्थाहरूको शोषण र अत्याचारबाट पीडित जनसमुदायको संघर्षबारे गम्भीर ध्यानाकर्षण भएको छ । हामी लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति नेपालको  र नेपाल सरकारसमक्ष निम्म मागहरू प्रस्तुत गर्दै यी मागहरू अविलम्ब पूरा गर्न जोडदार माग गर्दछौः

  • लघुवित्त पीडितहरूका मागहरू यथाशीघ्र सम्बोधन गरियोस् । गिरफ्तार गरिएका लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति नेपालका सम्पूर्ण अभियन्ताहरूलाई बिनाशर्त अविलम्ब रिहाइ गरियोस् ।
  • मणिराम ज्ञवालीसहित आमरण अनसनमा बसेका लघुवित्तीय संस्था पीडितहरूसँगको वार्तापश्चात नेपाल सरकारले गठन गरेको तर समस्या समाधानमा कुनै पहल नगरेको असक्षम, गैरजिम्मेवार र अकर्मण्य वार्ता समिति तत्काल भंग गरी नयाँ उच्चस्तरीय वार्ता समिति गठन गरियोस् ।
  • नेपाल सरकारले लघुवित्त सम्बन्धी समस्या समाधान गर्न गठन गरेको वार्ता समितिमा आफ्नो प्रतिनिधि समेत नपठाउने र लघुवित्तहरूलाई नियमन नगरी लाखौँ जनतालाई पीडित बनाई हजारौँ जनतालाई सडकमा आउन वाध्य बनाउने नेपाल राष्ट्र बैंकका गभर्नर र अन्य पदाधिकारीलाई अविलम्ब बर्खास्त गरियोस् ।
  • राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार गर्ने जनपक्षीय र गरिबमुखी मौद्रिक नीति जारी गरियोस् ।
  • लघुवित्तहरूले लगाउने ब्याजदर १ अंकमा झारियोस् । लघुवित्तहरूले चक्रिय ब्याज र हर्जानाको नाममा मासिक ३६% भन्दा बढी ब्याज लगाउने कार्य अविलम्ब रोकियोस् र लघुवित्तको नाममा चलाइएको संस्थागत मिटरब्याजको धन्दा बन्द गरियोस् ।
  • लघुवित्तहरूबाट कालो सूची (कर्जा सूचना केन्द्र)मा नाम राखिएका सबैको नाम तत्काल हटाई धितो लिलामी प्रक्रिया रोकियोस् ।
  • लघुवित्तबाट लिएको ऋणको कोरोनाकालदेखि हालसम्मको सम्पूर्ण ब्याज र हर्जाना मिनाहा गरियोस् । बाँकी साँवा चुक्ता गर्न बढीमा ५ वर्षको अवधि दिई ऋणको पुनर्तालिकीकरण (नयाँ किस्ता जारी) गरियोस्।
  • नेपाल राष्ट्र बैंकको निर्देशिका पालना नगर्ने लघुवित्तहरूलाई अविलम्ब कडा कारबाही गरियोस् ।

 

हार्दिक क्रान्तिकारी अभिवादनसहित ।                              मितिः २०८०/११/१५

 

 

   ……………………………                              ……………………………

    चित्रबहादुर श्रेष्ठ                                     जगतबहादुर सिम्खडा

    अध्यक्ष                                               अध्यक्ष- अन्टुफ  

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)             

 

             

   …………………………..                                 ……………………………

      दलजित श्रीपाइली                                        अमर परियार

        अध्यक्ष                                                अध्यक्ष

   नेपाल दलित मुक्ति मोर्चा                               अखिल नेपाल सुकुम्बासी संघ

                                     

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*