बारा- काठमाण्डौं सम्पर्क समन्वयको बैठक सम्पन्न

मिति २०८०/०६/ २७ गतेका दिन काठमाडौंमा सञ्चालित बारा- काठमाण्डौं सम्पर्क समन्वयको विस्तारित बैठक भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य शिक्षा मन्त्री गिरीराज मणी पोखरेलद्वारा कार्यक्रमको विशेष अतिथि भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरलाई सम्मान गरियो साथै विभिन्न तहका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान सहित ट्रफि र सम्मान पत्र प्रदान गरि सम्पूर्णमा २०८० सालको विजया दशमी, शुभ दिपावली , नेपाल संवत ११४४ लगायत छठ पर्व हरुको शुभकामना व्यक्त गर्नु भएको थियो । उत्त कार्यक्रममा प्रदेश सम्पर्क समन्वय समितिका अध्यक्ष क. कृष्ण अधिकारी विवेक, त्यसैगरी मदेश प्रदेश सम्पर्क समन्वय समितिका इन्चार्ज तथा पार्टी केन्द्रिय सदस्य क. शिवराम यादव, मदेश प्रदेश सम्पर्क समन्वय समितिका सह -इन्चार्ज तथा पार्टी केन्द्रिय सदस्य क. घन श्याम प्रसाद रजक ,मदेश प्रदेश सम्पर्क समन्वय समितिका अध्यक्ष क. हरिदेव ठाकुर ,अखिल नेपाल ट्रेड यूनियन महासंघका केन्द्रिय सचिव क. लक्ष्मि प्रसाद ढकाल र बारा – काठमाण्डौँ सम्पर्क समन्वय समितिका पूर्व अध्यक्ष नेत्र बहादूर राउत लगायतका नेताहरुको उपस्थिति रहेको थियो । उक्त बैठकबाट बारा – काठमाण्डौँ सम्पर्क समन्वयको संयोजक खड्ग बहादूर लामाको नेतृत्वमा १७ सदस्य भेला आयोजक समिति गठन गरियो। १. संयोजक – क. खड्ग बहादुर लामा २. सदस्य- क. राम कुमार लामा ३. सदस्य – क. श्री नारायण कुसुवाहा ४. सदस्य – क. राजन चौलागाई ५. सदस्य – क. सम्झना मोक्तान ६. सदस्य – क. राजकुमार लामा ७. सदस्य – क. सपिम खरेल ‘ संघर्ष ‘ ८ . सदस्य – क. शुक माया देवि जार ९ . सदस्य – क. दिपक सापकोटा १०. सदस्य – क. बिकाश चौलागाई ११. सदस्य – क. राम प्रसाद दंगाल १२. सदस्य – क. प्रकाश गौतम १३. सदस्य – क.राज किशोर सहनी १४. सदस्य – क. सन्तोष पण्डित १५. सदस्य – क. पेमा लामा १६. सदस्य – क. निराजन मैनाली यस कार्यक्रमको अध्यक्षता बारा- काठमाण्डौं सम्पर्क समन्वयको इन्चार्ज क. तेज प्रकाश श्रेष्ठले गर्नु भएको थियो साथै उहाँद्वारा बारा- काठमाण्डौं सम्पर्क समीतिको तर्फबाट प्रमुख अतिथि ज्यूलाई माया को चिनो प्रदान गर्नु भएको थियो । सोही समितिका सचिव श्री नारायण कुशुवाहाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । अन्त्यमा विशिष्ट अतिथि डा.गोपाल ठाकुरले आफ्नो मातृभाषामा मन्तव्य राखि सबैलाई पर्वहरुको शुभकामना साथै निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यत्रम समापन गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*