ब्रेख्तको कविताको सन्दर्भमा-जय कार्की

ब्रेख्तको असली नाम युजेन वर्थेाल्ड फ्रेडरिक ब्रेख्त थियो । सुप्रसिद्ध प्रगतीवादी लेखक कवि तथा नाटककार वर्तोल्त ब्रेख्तको जन्म सन् १८९८ को फरवरी १० का दिन वभारिया प्रान्तको आग्सवर्ग जर्मनीमा भएको थियो । ब्रेख्तको पिता क्याथोलिक र आमा प्रोटेष्टेन्टमतको थिइन । ब्रेख्तको आमा विल्हेल्माइन फ्रेडरिक सौफी ब्रेजिङ्ग युवाकालमै स्तनक्यान्सवाट ग्रस्त थिइन । ब्रेख्तको भाइ धाल्टर सन १९०० मा जन्मेका थिए । यो ब्रेख्त मुटुको रोगलृ पिडित थिए । १२ वर्षको उमेरमा हुदयघात भएको थियो । यिनको आमाको देहान्त सन १९१७ मा मर्फिनको अध्यधिक सेवनको कारणले मृत्यु भएको थियो । सन् १९१६–२१ सम्म चिकित्सा शास्त्रको अध्ययनको लागि लुडविग म्याक्सिीमिलन युनिभरसिटी म्युनिख गएका थिए । सन् १९१८ मा आर्मी अस्पतालमा काम गरेका थिए । यो अवधिमा अर्थात् सन् १९२३ मा पहिलो नाटक बाल रचेका थिए । यो उनको प्रथम सफलता थियो । त्यसपछि सन १९२२ मा “ड्रम्स इन दि नाइट” र सन् १९२७ मा अ म्यानुअल अफ पाइटी गीत र कविताको संकलन प्रकाशित गरेका थिए । उनको पहिलो व्यवसायिक उत्पादन एडवार्ड द्वितीय सन १९२४ मा गरेका थिए तर । उनको प्रसंशा भने वेडेकिण्ड, रिम्वाउण्ड, भाइयोलिन, राइपिङमा प्राप्त गरेका थिए ।
यसै अवधिमा व्रेख्तले वुर्जुवा प्रवृत्तिका विरुद्धमा ध्वांशात्मक समुहको विकास गरेका थिए । वुर्जुवाको देखावटी सभ्यताको विरुद्धमा विश्व युद्धको अन्त्यसम्म ठुलै कदम चालेका थिए । व्रेख्तका साथीहरु यो दादावादी समुहको सदस्य थिए । उनीहरु वुर्जुवा वर्गको झुटो सानका.. विरुद्धमा हतियारवद्ध थिए । उनीहरु अश्लिल व्यंग्यद्वारा वुर्जुवा स्तरको धज्जी उडाउँथे । व्रेख्तलाई सन १९२० मा माक्र्सवाद सम्वन्धी कार्ल कोस्र्चले अध्ययन गराएका थिए । कोस्र्च एक जना महत्वपूर्ण माक्र्सवादी सिदान्तकार थिए र उनी राइखस्टागको लागि कम्युनिष्ट पार्टीको सभासद पनि थिए । व्रेख्तले ब्र्लिनमा सन् १९२४–३३ सम्म माक्र्स रेनहार्ट र इर्मिन मिस्काटरको सहयोगीको निर्देशकको रुपमा काम गरेका थिए । खासमा उनको आफ्नै समुहसित सम्वन्धित थिए । कम्पोजर कुर्त वेइलसित मिलेर उनले व्यांग्यत्मक सफल वल्लाद सन १९२८ मा दि थ्री पेन्नी ओपेरा लेखेका थिए भने सन १९३० मा राइज एण्ड फल अफ दि टाउन अफ महागोनी लेखेका थिए । उनले यसका अतिरिक्त उनी भन्थे गलत शिक्षा प्रणालीको विषयमा प्रकाश पार्ने नाटक अर्थोडक्स, थियटर वाहिर प्रस्तुत गरिएको थियो । जसको संगीत वेइल हिण्डेमीथ हान्स आइस्लरले संगीत दिएका थिए । यसैक्रममा उनले नाटकको क्षेत्रमा आफ्नै सिद्धान्त इपिक थियटर र एउटा कठोर अनियमित लयको विकास गरेका थिए । र उनी माक्र्सवादी पनि भइसकेका थिए ।
ब्रेख्तको कविताहरु अचम्मका छन् । कुनै कविता त दुई हरफका मात्रै पनि छन् । हाइकु शैलीको कविताहरु  तिखा शब्दबाण भएको र सवैले छर्लङ्ग बुझ्ने खालका छन् । ब्रेख्तका कविताहरु पढेपछि अरु कविहरुको पनि कविता खोजी खोजी पढ्न मन लाग्छ ।
ब्रेख्तको असली नाम युजेन वर्थेाल्ड फ्रेडरिक ब्रेख्त थियो ।
हेनरिक हाइने र भ्लादिमीर मायाकोभ्स्कीको कविताहरु जत्तिक्कै तिख्खर छन् र विचारधारात्मकरुपमा पनि त्यत्तिकै शसक्त रहेका छन् । कविताहरु बुझ्न कठिन हुन्छ, कविताको अनेक अर्थ हुन्छ, कविता पढेलेखेका विद्य्तवर्गको एकलौटी सम्पति हो । बुर्जुवावर्गको मन बहलाउने र तारिफ गर्ने र प्रशंसा प्राप्त गर्ने रमाइलो साधन हो भन्ने त्यस्ता कुतर्कलाई कच्याकुचुक पार्दै श्रमजीवीवर्ग, दमनमा पिल्सिएका राष्ट्रहरु र अन्यायको विरुद्धमा जुरमुराई रहेका उदयमान शक्तिका लागि सवैभन्दा गहकिलो हतियारको रुपमा प्रस्तुत भएको छ ब्रेख्तका कविताहरु ।
मजदुरको प्रशंसामा लेखिएको छ संसारलाई नयां ढंगले फेर्न उठेका श्रमिकवर्गको पक्षमा र उनिहरुको दीर्घकालीन लक्ष्यलाई गजबले स्वादिलो पाराले वताएका छन् भने त्यसको सयगुणा घृणा गरेका छन् मजदुरमारा वर्गलाई ।
संसार निर्माणकर्ता मजदुरलाई दमन गर्ने, हरेक शोषक सामन्त र प्रतिकृयावादी राज्यसत्ताको विरुद्धमा उनका कविताले निकै भयानक धावा बोलेका छन् । फासिवाद र नाजिवादको स्वयं प्रत्यक्ष भुक्तभोगी भएका कारणले फसिस्ष्टहरुको नास अनिवार्य शर्तको रुपमा रहेको छ उनको ।
हिटलर जस्तो संसारको त्रास्दिपूर्ण तानाशाहको अन्त्यका लागि नाटकको माध्यमवाट होस चाहे कविताको माध्यमवाट उनले संधै नाजिवादको खिलाफमा लामो निर्वासनको अवधिमा पनि सक्रिय भूमिका खेलेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*