मई दिवस आंदोलनका मजदुर नेताहरुको संक्षिप्त जीवनी यसप्रकारको थियो । आंदोलनको प्रमुख केंद्रबिंदु अमेरिकाको सिकागो शहर र हेमार्केट चोक़ थियो ।
“हाम्रो मृत्यु पर्खालमा लेखेको यस्तो अक्षर बन्नेछ । जो घृणा, वैर,ढोंगी, पाखण्डी, अदालतको हातबाट हुने हत्या, अत्याचार र मानवको हातबाट हुने मानवको गुलामी अन्त्यको भविष्यवानी गर्नेछ । संसारभरिका दमन गरेका मानिस आफ्नो कानुनी जंजीरहरुमा उकुश मुकुश गरिरहेका छन् । विशाल मजदुर वर्ग जागिरहेका छन् । गहिरो निन्दाबाट जागेका जनता आफ्नो जंजीरहरुलाई यसले भत्काएर फ्याक्नेछ ।” ………………
१. नाम- अल्वर्ट पार्सन्स
जन्म – २० जुन १८४८
मृत्यु – नोभेम्वर, १८८७ मा फाँसी ।
पेशा- प्रिन्टीङ्ग प्रेसको मजदुर ।
२. नाम- अगस्त स्पाइस
जन्म ः १० डिसेम्वर १८५५
मृत्यु ः ११ नोभेम्वर १८८७ मा मृत्युदण्ड
पेशा ः फर्निचर मजदुर
“ एकदिन आउने छ, जव हाम्रो मौनता ती आवाजहरुभन्दा निकै बलशाली सावित हुनेछ जसको तिमीहरुले आज घाँटी थिचिरहेका छौं ।”
३. नाम- एडल्फ फिशर
जन्म ः १८५८
मृत्यु ः ११ नोभेम्वर, १८८७ मा मृत्यु दण्ड
पेशा ः प्रिन्टीङ्ग प्रेसमा कार्यरत मजदुर
उनी मानवीय मुक्तिको लागि आफ्नो ज्यान आर्जन गर्ने इच्छा राख्थे र उनलाई मजदुरवर्गको अवस्था सुधारवादबाट नहुने कुरामा विश्वस्त थिए ।
४. नाम- विलियम्स टोल्म्स जर्ज एंजल
जन्म ः १८ अप्रिल १८३६
मृत्यु ः ११ नोभेम्मवर १८८७ मा मृत्युदण्ड
पेशा ः खेलौनाको खुद्रा विक्रेता ।
एंजिल मजदुरवर्गको संघर्षको एक बहादुर सिपाही थिए । उनी मजदुरहरुको मुक्तिको लक्ष्यको निमित्त जीवन अर्पण गर्ने लडाकु थिए ।
५. नाम- स्स्यामुअल फिल्डन
जन्म ः २८ फरवरी १८४७
मृत्यु ः ७ फरवरी, १९२२
पेशा ः सामान ओसार पसार गर्ने मजदुर भरिया मजदुर
“ लेख्ने पढ्नेहरुक़ा वीचबाट यदि कुनै क्रान्तिकारी बने भने यसलाई आमरुपमा अपराध मानिदैन, तर यदि कुनै गरिव मजदुर क्रान्तिकारी बन्छ भने यो भयंकर अपराध ठहरिन्छ ।” उनी यसो भंथे
६. नाम लुइस लिङ
जन्म ः ९ सेप्टेम्वर, १८७४
मृत्यु ः १० नोभेम्वर १८८७
जेलको कोठरीमा आत्मा हत्या
पेशा ः बुनकर स्रमिक
“मजदुरहरुलाई बलको आडमा दवाएर राखिने गरिएकोछ, यसको जवाफ पनि ताकतको प्रयोग बाटै दिनुपर्छ ।”
७. नाम- माइकल श्वाब
जन्म ः ९ अगष्ट १८५३
मृत्यु ः २९ जुन १८९८
पेशा ः बुक बाइन्डर
“ मलाई थाहा छ, हाम्रो सपना यस वर्ष या अर्को वर्ष पुरा हुनेवाला छैन, तर मलाई थाहा छ, आउने समयमा एक न एक दिन ती मागहरु अवश्य पुरा हुनेछन् ।” उनको दृढ़ता यस्तो थियो ।
८. नाम- ओस्कर निवे
जन्म ः १२ जुलाई १८५०
मृत्यु ः २२ अप्रिल १९१६
पेशा ः …..विक्रेता
“निबे एक मजदुर संगठक थिए, सहृदयी एवं सरल थिए । उनी मानिसहरुलाई भेला गरी उनीहरुलाई संघर्षको लागि उक जुट पार्ने कार्यमा निपूर्ण थिए । उनी मजदुरहरुलाई प्रशिक्षित गर्ने कार्यकर्ताहरुको लागि निकै सहयोगी थिए ।” ज़िम्मी होम्स भंछन
लेखक ः हावार्ड फास्ट
प्रथम संस्करण ः २००८
प्रकाशक ः राहुल फाउण्डेशन
– नेपालीमा अनुवादक ः जय कार्की
– तस्बिर मजदुर बिगूलबाट
Be the first to comment