माओवादी केन्द्रले थाल्यो घोषणापत्र निर्माण गर्न सरोकारवालासँग छलफल

२ असोज ०७९, काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनका लागि घोषणापत्र निर्माण गर्न सरोकारवाला र विषयविज्ञहरूसँग छलफल सुरु गरेको छ ।

घोषणापत्र मस्यौदा समितिका सदस्य जगत सिम्खडाले आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्रमा समेट्नु पर्ने विषयमा सुझाव लिन सुरु गरिएको जानकारी दिए ।

उनले शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघका पदाधिकारी, यातायात व्यवसायी तथा मजदुरका प्रतिनिधिहरु र पर्यटन व्यवसायसम्बद्ध सरोकारवालाहरुसँग आफूहरुले आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्रमा समेट्नु पर्ने विषयमा सुझाव लिएको बताए ।

नेकपा माओवादी केन्द्रले निर्वाचनसम्बन्धी घोषणपत्रमा विज्ञहरूको सुझाव लिने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष एवं घोषणापत्र मस्यौदा समितिका संयोजक नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, जनार्दन शर्मा र सचिव लिलामणि पोखरेल, गणेश साह, परशुराम तामाङ, अमृता थापामगर, डा. मीनबहादुर श्रेष्ठ, डिपी ढकाल, जाकिर हुसेन, प्रकाश विकल्प, जगत सिम्खडालगायत सदस्य रहेको एक समिति गठन गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*