माक्र्सिय गुरुकूल र अन्टुफको अध्ययन, अनुसन्धान योजनाबारे

…..
माक्र्सिय गुरुकूल (Marxiya Gurukul) संस्थासित मजदुरबर्गको बर्गीय आन्दोलनको बर्तमान अवस्था र त्यसको उत्थान, उन्नयन,अध्ययन, अनुसन्धान तथा बर्तमान प्रारम्भिक चरणदेखि नै २१ सौं शताब्दिको समाजबाद र त्यसमा ट्रेड युनियनहरुले खेल्नु पर्ने महत्वपूर्ण भूमिकासहित माक्र्सिय गुरुकूलको अभिभावकीय भूमिकालाई स्विकार गर्दै चरणबद्ध कार्ययोजनालाई अघि बढाई दिबंगत कम्युनिष्ट नेता स्वनामसाथीले परिकल्पना गर्नुभएको योजनालाई पूरा गर्न अन्टुफको सहभागिताबारे सो संस्थाका संस्थापक सदस्य किसान शर्मा गैरेसित सकारात्मक छलफल गरियो ।
सो अवसरमा दुई संस्थाको पुस्तक पनि आदन–प्रदान गरियो । सो अवसरमा अन्टुफ अध्यक्ष जगत सिम्खडा, ट्रेडयुनियन विज्ञ जय कार्की, उपाध्यक्ष सोम तामाङ, यातायात मजदुर संघका महासचिव शरद सुबेदीको उपस्थिति रहेको थियो । विस्तृत छलफल केही दिनभित्र नै गर्ने सहमति भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*