राष्ट्रपति एरिक होनेकरबारे-जय कार्की

……………………………
110 वर्ष पहिले, अगस्त 25, 1912 मा, जर्मन र अन्तर्राष्ट्रिय श्रम तथा कम्युनिष्ट आन्दोलनको एक प्रमुख व्यक्तित्व, जर्मन लोकतान्त्रिक गणतन्त्रको पार्टी र राजनेता, SEPG को महासचिव र GDR को राज्य परिषद अध्यक्ष एरिक होनेकरको जन्म भएको थियो। ।
उनको जन्म खानीमा काम गर्ने स्रमिक परिवारमा भएको थियो । सन 1926 मा उनी जर्मनीको कम्युनिष्ट युथ युनियन (KSMG) मा सामेल भए, 1929 मा – जर्मनीको कम्युनिष्ट पार्टी (KPG) को सदस्य भए ।
सन् १९३०-३१ मा उनले मस्कोको कम्युनिस्ट इन्टरनेशनल युथ स्कूलमा पढ़ेक़ा थिए । अन्तर्राष्ट्रिय कार्य टोलीहरूको एक भागको रूपमा म्याग्निटोगोर्स्क मेटलर्जिकल प्लान्टको निर्माणमा भाग लिए । सन 1933 मा, हिटलर सत्तामा आए पछि, होनेकरले बर्लिनमा एक प्रतिरोध समूह संगठित गरेजा थिए । 1935 मा, उहाँलाई देशद्रोहको आरोपमा गिरफ्तार गरिएको थियो र 10 वर्ष जेल सजाय भएको थियो ।
दोस्रो विश्वयुद्धको अन्त्यपछि रिहाई लगतै KPG को केन्द्रीय समितिमा युवा मामिलाको सचिव हुनुभयो र सन 1946 मा उहाँ स्वतन्त्र जर्मन युवा संघको अध्यक्षमा चुनिनु भयो । सन 1950 मा होनेकर पोलिटब्यूरो केन्द्रीय SEPG को सदस्यमा चुनिनु भयो ।सन 1956 मा, उहाँले मस्कोमा CPSU (सोभिएत संघको कम्युनिस्ट पार्टीकेन्द्रीय समिति) अन्तर्गत उच्च पार्टी स्कूलमा भर्ना भई शिक्षा हासिल गर्नु भयो । सन 1958 देखि उहाँ SEPG राजनीतिक ब्यूरोको सदस्य हुनुभयो, मे 1971 मा उहाँले V. Ulbricht लाई पार्टीको पहिलो सचिवको रूपमा परिवर्तन गर्नुभयो। अक्टोबर 1976 मा, उहाँ GDR को राज्य परिषदको अध्यक्ष हुनुभयो।
होनेकर ले GDR मा गोर्बाचेवको कम्युनिस्ट बिरोधी पेरेस्ट्रोईका र ग्लास्नोस्ट”पुनर्संरचना” को नीति तथा राजनीतिक कार्यक्रमलाई अस्वीकार गर्नुभयो । त्यसपश्चात गोर्बाचेभले होनेकरलाई असहयोग गर्न थाले ।
अक्टोबर 1989 मा उहाँलाई सबै पार्टी र राज्य पदहरूबाट हटाइयो, र डिसेम्बरमा उहाँ SEPG बाट हटाइयो। सन 1990 मा GDR र जर्मनीको “एकीकरण” पश्चात् (मिखाइल गोर्बाचेभको विश्वासघात पछि) यस देशको न्यायपालिकाले पूर्व राजनीतिक नेता होनेकरलाई गिरफ्तारी गर्न वारेन्ट जारी गर्यो।
सन 1991 मा एरिक होनेकरलाई गोप्य रूपमा मस्को जानुभयो । त्याहां उहाँले चिली दूतावासमा शरण लिनुभयो ।तर सन 1992 मा, उनलाई एल्टासिन शासनद्वारा जर्मनीलाई सुपुर्दगी गरिदियो अदालतमा पठायो । होनेकरलाई अदालतमा कानूनी वा नैतिक अपराध स्वीकार गर्न लगाइयो । घातक रोगका कारण अभियुक्तको अदालतको कार्बाही रोकिएको थियो । तर उनलाई चिलीमा निर्वासन गर्ने अनुमति दियो ।
होनेकर आजिबन दृढ कम्युनिस्ट रहनु भयो । होनेकरको सन् १९९४ मे २९ मा चिलीको स्यान्टियागोमा मृत्यु भयो। उहाँलाई अन्तिम यात्रामा सहभागी आफन्त र सहयोगीहरूले GDR को झण्डाले ढाकिएको कफिनमा राख्तै “अन्तर्राष्ट्रिय” गाएर अंतिम विदाई गरेका थिए ।
उहाँको जिबनसंगिनी मार्गोट होनेक़र पनि दृढ़ संकल्परत एक कम्युनिस्ट नेत्री हुनुहुँथ्यो !
August 25, 2022.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*