सामसुङ कम्पनीमा सिटु आवद्ध मजदुरको ऐतिहासिक विजय

भारतको सबैभन्दा ठूलो र ब्यवस्थित र संगठित सिटु महासंघ आबद्ध तमिलनाडुको कांचीपुरम जिल्लाको श्रीपेरुम्बुदुर प्लान्टमा बिगत ५ महिना देखि मजदुर र व्यवसथापनवीचको चलिरहेको झगडा मजदुर युनियनले आजसम्मको इतिहासमा नयाँ रिकर्ड नै कायम गर्दै विजय हाँसिल गरेको छ । साम्सुङ कम्पनि बहुराष्ट्रिय कम्पनी हो ।

यसता कम्पनीहरुमा मजदुर युनियनलाई खारेज गर्ने, मजदुर नेतालाई कुटपिट गर्ने र सामूहिक सौदाबाजीकालागि मागपत्र प्रस्तुत गर्न नदिई बर्खास्त गर्ने अपराधहरु हुँदै आएको थियो । सामसुङ कम्पनीमा तलब बृद्धि र व्यावसायिक वातावरणको अत्यन्तै नारकीय रहेको बताउँछन् मजदुर युनियन नेताहरु ।
तर सिटु आबद्ध युनियनले एकजुट भई यस्तरी आन्दोलनमा उत्रियो कि मर्ता क्या नकर्ता उक्तिलाई अवलम्बन गर्दै बिगत ५ महिनादेखी सम्पूर्ण शक्ति लगाई कुनै प्रलोभनमा नपरी एक ढिक्का भई संघर्षमा उत्रिरहे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*